स्वर्गीय पीएल सिंहको प्रथम वार्षिक पुण्य तिथिमा समर्पित

काठमाडौँ । तिथिअनुसार स्वर्गीय पीएल सिंह दाइले हामीलाई, यो धरतीलाई छाडेर गएको एक वर्ष पूरा भएको छ । आफ्नो हातले नचाहँदा नचाहँदै दागबत्ती अर्पण गर्नुपरेको त्यो क्षण आज पनि मनलाई चिरिएको घाउझैँ महसुस हुन्छ । सिंह परिवारको तर्फबाट, दाइप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै, दुःखद घडीमा साथ, हौसला र सहयोग प्रदान गर्नुभएका सबैमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ ।
बाल्यकालमा दाइसँग धेरै समय बिताउने अवसर भने पाइएन । दाइ लक्का जवान हुँदाहुँदै परिवार, आमा बाबु र घरको सुखसुविधा छाडेर नै राजनीतिमा होमिइसक्नुभएको थियो । पूर्ण प्रजातन्त्र ल्याउने जोस, जनता जनार्दनको सरकार स्थापित गर्ने उद्देश्य र देशप्रेमले उहाँलाई घरभन्दा पहिला आन्दोलनको रापतिर तान्यो ।
यही क्रमले दाइ चाक्सीबारीसँग जोडिनुभयो । लौहपुरुष गणेशमान सिंह र प्रथम महिला नेतृ मङ्गलादेवी सिंहको सहयात्रीको रूपमा दाइको प्रारम्भिक यात्रा सुरु भयो । समयसँगै उहाँ केवल सहयात्री मात्र नभई, चाक्सीबारी परिवारको अभिन्न अङ्ग बन्नुभयो । घरको व्यवस्थापनदेखि परिवारका पाँच साना बच्चाहरूको हेरचाह, पालन, पोषण र शिक्षादीक्षासम्मको जिम्मा पनि उहाँकै काँधमा आयो । चाक्सीबारी परिवारमा डाक्टर, पाइलट, नेता जन्मनु दाइको हात रहेको स्मरण आज पनि गरिन्छ । कसैले उहाँलाई गणेशमान सिंहको पुत्र, कसैले धर्मपुत्र भन्ने गर्थे भने कसैले परिवारविहीन व्यक्ति ठान्थे । गणेशमान सिंहलाई सर्वमान्य बनाउने र मङ्गलादेवीलाई त्यो उचाइमा पुर्याउनमा पीएल दाइको ठूलो हात रहेको जान्नेसुन्नेले हालसम्म पनि चर्चा गर्नेगरेको पाइन्छ ।
नेपाली कांग्रेसका ‘सिपाही’का रूपमा दाइले जीवन बिताउनुभयो । उहाँ दृढ चारित्र, कर्मठ, सरल र अनुशासित व्यक्तित्व हुनुहुन्थ्यो । दिइएको काम पूरा गर्ने, पार्टी अनुशासन पालना गर्ने, विद्रोह नगर्ने स्वभावको हुनुहुन्थ्यो । पैसाको पटक्कै लोभ नगर्ने, त्यागी, दाइले पैसा कमाउनुभएन बरु अपार जनमानिसको मन र माया कमाउनुभयो । हाम्रो परिवारलाई गौरवान्वित गरेर बिदा लिनुभयो ।
पोखरा महाधिवेशनमा तत्कालीन सभापतिसँग क्रियाशील सदस्यतासम्बन्धी मतभेद भयो । पार्टी एकताको लागि नेकाका केन्द्रीय सदस्यको हैसियतले लिखितरूपमा सभापतिसमक्ष सुझाव पेस गर्नुभयो तर त्यसको जवाफसम्म नदिई तानाशाही प्रवृत्ति देखिएकोमा दुःखित हुनुभएको थियो ।
‘चारतारे झण्डा त छ, तर त्यसका मुनि बस्ने नेता कार्यकर्ता छैन’ भन्नुहुन्थ्यो । मन, संगठन र संस्कार हराउँदै गएको देखेर दाइ दुःखी हुनुहुन्थ्यो । कांग्रेस ‘क’, कांग्रेस ‘ख’ आदि गुट–उपगुटको, परिवारवाद तथा योग्यताभन्दा आफ्नाको संस्कृतिले दाइलाई पीडा दियो । अधिकतम नेताहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका र तिनीहरू नै पार्टीमा हावी भएकोले गर्दा आफूलाई ‘एउटा एक्लै कांग्रेसी’ भन्न उहाँ रुचाउनुहुन्थ्यो । आज नेपाली कांग्रेस चिरा परेको सतहमा देखिन्छ ।
विसं २०५९ असोज १९ गते निर्वाचित सरकार अपदस्त गरिएयता कुनै पनि गतिविधिहरू उहाँले स्वीर्कानु भएन । जहाँ गल्ती गरियो त्यहीँबाट सच्याउनुपर्ने उहाँको माग थियो । नयाँ संविधानप्रति दाइको फरक मत रह्यो—उहाँले संसद् बहिष्कार गर्नुभयो, अडिगरूपमा उभिनु भयो ।
‘देशमा लिडर होइन, डिलरको हाबी भयो’, ‘राजनीति होइन, लाज नीति भयो’जस्ता वाक्यहरू दाइले पीडाका साथ दोहोर्याइरहनु हुन्थ्यो । गणेशमान सिंह र किसुनजी कांग्रेसबाट बाहिरिएपछि दाइ पनि असन्तुष्ट रहनुभयो, क्रियाशील सदस्यता नवीकरण नगरी कुनै कार्यक्रममा सहभागी नभई, नेपाली कांग्रेसबाट अलग्गिनुभयो । तैपनि नेपाली कांग्रेसले स्वर्गीय हुँदा नेपाली कांग्रेसको झण्डा ओडाएर सम्मान गरेको थियो ।
विसं २०४९मा स्थानीय निर्वाचन आउँदै थियो । सो बेला कम्युनिस्टहरूको दबदबा निकै बलियो थियो । बुबाको उपचारका लागि दाइ र म दिल्लीमा थियौँ । त्यही बेला दाइलाई काठमाडौं फर्कन आग्रह आएको थियो । उहाँलाई काठमाडौंको मेयर पदमा उठ्न आग्रह गरिएको रहेछ । हामीले त मजाकैमा ‘यो त आत्महत्या गर्न जाऊँजस्तै भयो’, भनेर पनि भनेका थियौँ । तर दाइसँग आधार थियो, उहाँको स्वभाव, यहाँका जनताको विश्वास र व्यापक सामाजिक सम्बन्ध भएकै कारण उहाँले मेयर पद अधिकमतले विजय हासिल गर्न सफल भए । काठमाडौंको १८ वडा कांग्रेसले कहिल्यै नजितेका ठाउँमा समेत पनि जित दिलाएर दाइले इतिहास रचे ।
दाइकै नेतृत्वमा भएका उल्लेखनीय केही कामहरू :
काठमाडौं नगरपालिकालाई महानगर बनाउने काम उहाँकै कालमा सम्भव भयो ।
बन्चरेडाँडा फोहर व्यवस्थापनस्थलको पहिचान र प्रयोग
स्थानीय सरकारमार्फतै दातृ निकायको सहयोग संकलन
नगरप्रहरीको स्थापना
जग्गा अधिग्रहण गरेर ‘खुसीबुँ’ आवासको व्यवस्थापन
व्यवसायीहरूद्वारा टुँडीखेल, खुलामञ्च मुक्तीकरण र भृकुटीमण्डपमा अस्थायी संयोजन
विष्णुमति लिंक रोड निर्माण
‘स्वच्छ, हराभरा, स्वस्थ काठमाडौं’ अभियान सुरु
वडा–वडामा सहरी स्वास्थ्य केन्द्रहरूको स्थापना
दाइ दोस्रो कार्यकाल पनि मेयर भएर काम गर्ने इच्छा थियो तर उहाँलाई सोबाट वञ्चित गरी अन्याय गरियो, दोस्रो कार्यकालका लागि रोकिए । पीएल दाइ जनताले खोज्ने गरेको साँच्चै नै स्वच्छ छविको नेता हुनुहुन्थ्यो । कठिन क्षेत्रबाट संसदीय चुनाव लड्न बाध्य पारियो । तर दाइले फेरि पनि जितेर देखाउनुभयो । तर सांसद हुँदा वातावरण मन्त्री बनाई सीमितता लगाइयो, उहाँजस्तो क्षमताका नेताका लागि त्यो भूमिका अपुरो थियो ।
नेपाली राजनीतिमा फोहरी खेल हुने, आफ्नो भन्ने नहुने, पदको लागि दाइभाइ समेत नभनी खुरापाती गर्नै पर्ने, पैसाको चलखेल हुने, स्वच्छ प्रतिस्पर्दा नहुने रहेछ भन्ने पीएल दाइको अनुभव थियो । तर उहाँ त्यसबाट टाढै बस्नुभयो ।
दाइमा समाजका हरेक विभिन्न तहका मानिससँग सम्बन्ध कायम गर्न सक्ने अद्भूत गुण पाउनुहुन्छ । माग्नेदेखि धनाढ्यसम्म निर्धक्क भएर सम्बन्ध राख्ने । गल्लीका भट्टीहरूदेखि पाँचतारे होटलसम्म उहाँ नपुगेको ठाउँ सायदै थियो । आज काठमाडौं उपत्यकामा नेवार खानाका चर्चित होटल, रेस्टुरेन्टहरू प्रचलनमा आउनुमा दाइकै अग्रसरता र देन रहेको कुरा गर्वका साथ भन्न सकिन्छ ।
१२ वर्षपछि खोला फर्केझैँ भन्दै ६९ वर्षको उमेरमा दाइ आफ्नै घर परिवारमा फर्कनुभयो । भाइबहिनीहरूसँग रमाउनुभयो, जीवनलाई नयाँ रंग दिनुभयो । ‘ब्लड इज थिकर देन वेदर’ भन्ने गर्नुहुन्थ्यो भने ‘युज एन्ड थ्रो’ गर्ने पहिचान गरी होसियार हुनुपर्छ भन्ने गर्नुहुन्थ्यो । घर फर्केको १६ वर्षपछि स्वास्थ्य समस्याले दाइलाई थला पार्यो । परिवारले सक्दो प्रयास गरियो । मेडिसिटीमा शल्यक्रिया गरिए पनि निको नहुने रोग फेला पर्यो । अन्तिम क्षणसम्म दाइ नझुकेर, नडगेर, स्वच्छ र दृढ छविसहित, जनताको स्नेह, माया, सम्मान बोकेर संसारबाट बिदा हुनुभयो ।
काठमाडौं महानगर विकासको लागि दिनुभएको योगदानको कदर गर्न मरणोपरान्त काठमाडौं महानगर केन्द्रीय बैठकले पीएल सिंहको पूर्ण कदको सालिक राष्ट्रियसभागृह प्राङ्गणमा प्रतिस्थापन गर्ने घोषणा गरेको छ । सिंह परिवार काठमाडौं महानगरपालिका परिवारलाई हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
क्याटेगोरी : समाचार, फरक मत
ट्याग : #Page 1
ताजा अपडेट
- रेडपाण्डा म्याराथन: पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते
- २६ सय १९ बिन्दुमा उक्लियो शेयर बजार
- नेता कोइराला र सभापति देउवाबीच भेटघाट
- एघार सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै
- बिलबिजक नभएको सामानसहित एक व्यक्ति पक्राउ
- सहायता कटौतीले शरणार्थीलाई अनावश्यक पीडा : राष्ट्रसंघ
- बेलायतको अर्थतन्त्र दबाबमा
- इजरायलमा बढ्यो चिनियाँ ईभीको लोकप्रियता
धेरैले पढेको
- खराब कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण, बैंकिङ क्षेत्रको व्यापारसँगै नाफा पनि बढ्ने
- पूर्वप्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो सक्कल फाइल
- स्वर्गीय पीएल सिंहको प्रथम वार्षिक पुण्य तिथिमा समर्पित
- कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा ३ करोड ६८ लाख आर्जनको स्रोत खुलेन
- भिजिट भिसा भ्रष्टाचारका नाइके भट्टराई २५ लाख धरौटीमा छुटे
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- पोखरा विमानस्थल भ्रष्टाचार : पाँच पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- अख्तियार प्रमुख राईलाई हत्या गर्न सुपारी दिएको आरोपमा महानिर्देशक अधिकारी पक्राउ
- एसईई परीक्षाको १४ वर्षे उमेरको ‘थ्रेस होल्ड’विरुद्ध अन्तरिम आदेश मुद्दालाई अग्राधिकार
- प्रभु बैंकको व्यवस्थापनमा सीआईबीको बलजफ्ती
- डोल्मा इम्प्याक्टलाई कर छुट नीतिगत भ्रष्टाचारको नमूना
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु


















तपाईको प्रतिक्रिया