Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसीआईबीका इन्सपेक्टरको सूचनाले बिचौलिया भट्ट र प्रधानमन्त्री कार्कीबीच कुरा मिल्यो

सीआईबीका इन्सपेक्टरको सूचनाले बिचौलिया भट्ट र प्रधानमन्त्री कार्कीबीच कुरा मिल्यो


काठमाडौं । विवादास्पद बिचौलिया दीपक भट्टको घरमा छापा मार्न खटाइएको सीआईबीको टोलीका एक अधिकृतले छापा मार्न जानुअघि नै छापा मार्न आउन लागेको सूचना चुहाएर भगाएको थाहा भएको छ ।

गत मंसिर दोस्रो साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा सीआईबी भट्टको निवासमा छापा मार्न तयार भएको थियो । मंसिर १४ गते छापा मार्नका लागि सीआईबीका इन्सपेक्टर निरञ्जन भट्टको नेतृत्वमा छापा मार्ने टोली खटाइएको थियो । तर छापा मार्न निस्कनुअघि नै इन्सपेक्टर भट्टले आफू छापा मार्न आउन लागेको अग्रीम सूचना दिएका थिए ।

उक्त सूचना दिएर छापा मार्न भट्टको टोली विवादास्पद भट्टको निवासमा पुग्दा उनी भेटिएका थिएनन् । उनी चार दिन लुकेर बसेको र १८ गते बैंकक उडेका थिए । त्यसपछि प्रधानमन्त्री सुशीला कार्कीको टिमसँग कुरा मिलाएपछि २७ गते स्वदेश फर्किएको थाहा भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x