Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन’

‘निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन’


काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै मितिमा निर्वाचन गर्नुको विकल्प नरहेको बताएका छन् ।

निर्वाचन आयोगले मंगलबार आयोजना गरेको निर्वाचन केन्द्रित छलफलमा उनले आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने दाबी गरे । उनले भने, ‘यदी हामी लोकतन्त्रमाथि विश्वास राख्छौँ भने र यसलाई परिस्कृत गर्दै लिएर जान चाहान्छौँ भने निर्वाचन तोकिएकै समयमा हुनुपर्छ, कसैले संविधान संशोधन गर्नुपर्ने, कसैले निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने माग गर्दै आएका छन् । यो स्वभाविक हो, तर त्यसका लागि पनि वर्तमान सरकारले निर्वाचनमार्फत परिस्कृत र संविधान मान्ने वा बुझ्ने व्यक्तिलाई प्रतिनिधिसभामा पठाउन चाहेको छ’, उनले भने ।

मन्त्री सिन्हाले अब हुने प्रतिनिधिसभाको निर्वाचनमार्फत जनताको चाहनाअनुसारको नेतृत्व आउने विश्वास व्यक्त गरे । जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व गर्न कानुनमा आवश्यक परिमार्जन गर्नुपर्नेमा पनि जोड दिए । मन्त्री सिन्हाले निर्वाचनका लागि राजनीतिक दल तयार हुँदै गएका र समग्रमा निर्वाचनको वातावरण बन्दै गएको उल्लेख गरे । उनले भने, ‘निर्वाचन आयोगले विषम परिस्थितिमा निर्वाचन केन्द्रित हुने वातावरण बनाउँदै गएको छ, यो सकारात्मक छ, यसलाई अझै सक्रिय बनाउनु होला । सँगसँगै राजनीतिक संवादलाई पनि निरन्तर अगाडि बढाउन मेरै संयोजकत्वमा समिति पनि गठन भएको छ, हामी त्यहाँ पनि छलफल गर्छौं र कसरी चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न सकिन्छ भनेर फेरि पनि कार्ययोजना बनाउँदैछौँ ।’

आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई सकेसम्म कम खर्चिलो बनाउने प्रयास भइरहेको उनले बताए । उनले भने, ‘हामीकहाँ केही सिमितता पनि छन्, निर्वाचन आयोग र अर्थ मन्त्रालयबीच आर्थिक व्यवस्थापनबारे संवाद भइरहेको छ । गत निर्वाचनमा आयोगले अर्थ बचाएर फिर्ता गरेको थियो, यो निर्वाचनमा पनि सकेसम्म कम खर्च हुने मलाई विश्वास छ, कम खर्चिलो तर प्रभावकारी बनाउन सरकारले पनि पहल गर्नेछ ।’


क्याटेगोरी : समाचार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x