Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा लगानी गर्न चिनियाँ उद्यमी व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

चाइनिज जनरल एसोसिएसन अफ इन्डस्ट्रि एन्ड कमर्स इन नेपालद्वारा आयोजित कार्यक्रममा अध्यक्ष मल्लले नेपाल प्रविधि, नवप्रवर्द्धन तथा लगानीका दृष्टिकोणले अत्यन्तै आकर्षक गन्तव्य रहेकाले लगानी गर्न आग्रह गरे । प्रतिफलको समेत सुनिश्चितता हुनेगरी नीतिगत व्यवस्था रहेको उनको भनाइ थियो । प्राकृतिक स्रोतसाधन, रणनीतिक एवं भौगोलिक अवस्थिति, ऊर्जाशील युवा जनशक्तिका कारण नेपाल लगानीका लागि उपयुक्त रहेको उनले बताए । ‘चिनियाँ लगानीबाट नेपालमा हुने उत्पादनले भारत र चिनियाँ बजारमा सहज पहुँच विस्तार गर्न सकिन्छ’, उनले भने । नेपालमा वैदेशिक लगानीको सुरक्षाप्रति वर्तमान सरकारको स्पष्ट प्रतिवद्धताले पनि लगानीको वातावरण राम्रो बन्दै गएको मल्लले बताए ।

जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र रियल इस्टेटजस्ता क्षेत्रहरूमा अपार सम्भावना रहेको उहाँले उल्लेख गुर्नुभयो । यी क्षेत्रमा चिनियाँ लगानी भित्रिएमा आधुनिक प्रविधि, ठूलो पुँजी र विकास अनुभवमार्फत रोजगारी सिर्जना, उद्योग निर्माण र राष्ट्रिय रूपान्तरणलाई तीव्रता दिन सकिने निवर्तमान अध्यक्ष मल्लको भनाइ छ । चिनियाँ उद्यमी व्यवसायीसँग सहकार्य गर्न तयार रहेको भन्दै मल्लले लगानीका लागि स्थिर, मैत्रीपूर्ण र प्रतिफलको सुनिश्चितता गराइने बताए । उनले भने, ‘नेपालमा लगानीको सही समय यही हो, अवसरहरू विस्तार हुँदै गएका छन् र चीनसँगको साझेदारी झन् बलियो बन्दै गएको छ ।’

नेपाल–चीन सहकार्यले दुबै राष्ट्रका लागि साझा समृद्धि हासिल गर्न सकिने निवर्तमान अध्यक्ष मल्लले बताए । नेपाल चीनबीच सातौं शताब्दीदेखि नै ऐतिहासिक सम्बन्ध कायम रहेको भन्दै उनले नेपालकी भृकुटीको तिब्बतका राजासँग विवाह भएको प्रसंगको समेत स्मरण गरे । नेपालका लागि चिनियाँ राजदूत चेन जोङले नेपालको पर्यटन, कृषि लगायतका क्षेत्रमा चिनियाँ लगानी विस्तार भइरहेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x