‘व्यापार सहजीकरणलाई केन्द्रविन्दुमा राखेर काम गरिहेका छौँ’

काठमाडौं । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार प्रशासनले व्यापार सहजीकरणलाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको बताएका छन् ।
नेपाल समुद्रपार निकासी पैठारी संघका प्रतिनिधिमण्डलसँग भएको छलफलमा उनले निजी क्षेत्रसँगको सहकार्यअनुसार नै अगाडि बढ्ने बताए । चोरीपैठारी नियन्त्रण र व्यापार सहजीकरणमा निजीक्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने उनको भनाइ थियो । उनले भने, ‘नयाँ ऐनमा व्यापार सहजीकरणका थुप्रै प्रावधानहरू छन् । तपाईँहरू (निजी क्षेत्र)सँग सहकार्य गरेरै अघि बढ्छौँ । साथमा साथ मिलाएर जान तयार छौँ ।’ विभागका उपमहानिर्देशक भरतमणि पाण्डेले विभाग पारदर्शी प्रणालीमा गइरहेको भन्दै पनि स्वविवेकीय अधिकार क्रमशः हटाउँदै लगिएको जानकारी दिए । अनौपचारिक व्यापारलाई औपचारिक दायरामा ल्याउन निजी क्षेत्रले पनि सघाउनुपर्ने उनको भनाइ थियो ।
नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष शिवकुमार अग्रवालले भन्सारसम्बन्धी प्रक्रिया, विद्यमान चुनौती तथा अवसरका बारेमा आपसी समझदारी अभिवृद्धि गर्नुपर्र्ने र खुला संवादको माध्यमबाट समस्या समाधानका उपाय निकाल्नुपर्नेमा जोड दिएका थिए । संघका महासचिव जयन्तकुमार अग्रवालले नेपाल र भारतको कर र महसुल संरचनाले वैधानिक व्यापारमा पर्ने प्रभाव, वस्तु वर्गीकरणका समस्या, अधिकतम खुद्रा मूल्यमा निश्चित प्रतिशत घटाएर मूल्यांकन गर्ने परिपाटीका कमजोरी लगायत विषय उठाएका थिए ।
त्यसैगरी उनले पूर्वादेशलाई व्यवहारिक बनाउन र ठूला सामानको हकमा क्याटलगबाटै पूर्वादेश दिनुपर्नेमा जोड दिए । आयात गर्ने क्रममा ड्यामेज, कमी र चुहावट जनाइ आएकोमा भन्सार महसुल छुट दिने र भन्सार क्षेत्रमा भएको टुटफुट आदिमा टुटफुटको प्रमाणपत्र जारी गर्ने व्यवस्था हुनुपर्ने उनको माग छ । राजस्वमा फरक नपर्ने स्थितिमा भुलबस लेबलिङ, इन्भ्वाइसमा वा उत्पत्तिको प्रमाणपत्रमा फरक परेको अवस्थामा भारी जरिबाना गर्ने प्रावधानमा पुनर्विचार गर्नुपर्ने र भन्सार ऐनमा रहेको उच्च जरिवानासम्बन्धी प्रावधान खुकुलो बनाउनुपर्ने संघको माग छ । आयातका क्रममै टुटफुट वा ड्यामेज भई आएका वस्तु फिर्ता गर्ने अवधि कम्तीमा एक सय ८० दिन कायम गर्न र मेसिन औजारका पार्टपुर्जाको हकमा तेस्रो देशमा बनेको भए पनि भारतबाट आयात गर्न पाउने व्यवस्था गर्न संघले माग गरेको छ । आयातित वस्तु जाँचपास गराउँदा बैंकले ३ प्रतिशत रकम होल्ड गर्ने व्यवस्था हटाउनुपर्नेमा जोड दिएको संघले वर्षौंपछि भन्सारको मिसम्याच खोज्ने परिपाटीले व्यवसायीलाई निकै अप्ठ्यारो परेकोमा भन्सार अधिकारीको ध्यानाकर्षण गराएको छ ।
क्याटेगोरी : बिबिध, समाचार
ताजा अपडेट
- वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
- मेटलाइफ नेपालको २४ वर्ष पूरा
- स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता
- नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
- एनएमबी बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा
- आईसीएफसी फाइनान्सको २२औँ वार्षिक साधारणसभा
- इन्फिनिटी लघुवित्तको त्रैमासिक नाफा तीन करोड
- सिटिजन लाइफद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- सीआईबीका इन्सपेक्टरको सूचनाले बिचौलिया भट्ट र प्रधानमन्त्री कार्कीबीच कुरा मिल्यो
- खराब कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण, बैंकिङ क्षेत्रको व्यापारसँगै नाफा पनि बढ्ने
- पूर्वप्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो सक्कल फाइल
- स्वर्गीय पीएल सिंहको प्रथम वार्षिक पुण्य तिथिमा समर्पित
- कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा ३ करोड ६८ लाख आर्जनको स्रोत खुलेन
- भिजिट भिसा भ्रष्टाचारका नाइके भट्टराई २५ लाख धरौटीमा छुटे
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- प्रभु बैंकको व्यवस्थापनमा सीआईबीको बलजफ्ती
- डोल्मा इम्प्याक्टलाई कर छुट नीतिगत भ्रष्टाचारको नमूना
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु


















तपाईको प्रतिक्रिया