Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारत्रिभुवन विश्वविद्यालयमा एरो कनेक्सनको ओरिएन्टेसन कार्यक्रम

त्रिभुवन विश्वविद्यालयमा एरो कनेक्सनको ओरिएन्टेसन कार्यक्रम


काठमाडौ । संयुक्त अरब इमिरेट्समा आधारित एभिएसन माटेरियल समाधानका कम्पनी एरो कनेक्सनले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा ओरिएन्टेसन कार्यक्रम आयोजना गरेको छ ।

क्याम्पसका एरोस्पेस तथा मेकानिकल इन्जिनियरिङ विद्यार्थीहरूलाई लक्षित गरी एभिएसन अफ्टरमार्केट ओरिएन्टेसन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विद्यार्थीहरूलाई एभिएसन अफ्टरमार्केट उद्योगबारे आधारभूत ज्ञान दिलाउने र विश्वव्यापी अवसरहरूबारे बुझाउन उद्देश्य राखिएको थियो । कार्यक्रममा ५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । अभिमुखीकरण सत्रहरू एरो कनेक्सनका टेक्निकल रिसोर्सेस म्यानेजर अभिषेक सिंह तथा बिजनेस म्यानेजर मेरिन पालले संचालन गरेकी थिइन् । प्रस्तुतिहरूमा उद्योगको सञ्चालन विधि, बजार प्रवृत्ति तथा करियरका सम्भावनाहरूका बारेमा महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x