Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमाउन्टेन इनर्जी नेपालको २१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

माउन्टेन इनर्जी नेपालको २१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित


काठमाडौ । माउन्टेन इनर्जी नेपालको २१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डेको अध्यक्षतामा सोमबार राजधानीमा सम्पन्न बाह्रौं वार्षिक साधारणसभाले लाभांश वितरणलगायतका विभिन्न प्रस्तावहरू पारित गरेको हो ।

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरेको छ । सभाबाट पारित भएसँगै उक्त लाभांश सेयरधनीहरूलाई वितरण गरिनेछ । सभामा अध्यक्ष पाण्डेद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी स्वीकृति प्रदान गरिएको छ । साथै लेखा परीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा वार्षिक वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पनि पारित गरिएको छ ।

त्यसैगरी, कम्पनी ऐन २०६३ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय पनि सभाले गरेको छ । प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत पारित भएको छ । हाल माउन्टेन इनर्जी नेपाल लिमिटेडले ४२ मेगावाट क्षमताको मिस्ट्री खोला र ५ मेगावाट क्षमताको तादीखोला जलविद्युत आयोजनाबाट नियमित रूपमा विद्युत् उत्पादन गरिरहेको छ, साथै ६५ मेगावाट क्षमताको दूधखोला जलविधुत् आयोजना निर्माणको चरणमा रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x