जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण

महेन्द्रनगर (धनुषा) । जापान सरकारको आर्थिक सहयोगमा धनुषामा दुई वटा सामुदायिक विद्यालयको भूकम्प प्रतिरोधात्मक एवं सुविधासम्पन्न भवन निर्माण भएकोे छ । प्लान इन्टनेसनल नेपाल तथा आसमान नेपालको सहकार्यमा सञ्चालित शिक्षा परियोजनाअन्तर्गत सो विद्यालयको भवन निर्माण गरिएको हो ।
विदेह नगरपालिका–५ स्थित आधारभूत विद्यालय मुडिवामा रु ९४ लाख तथा जनकनन्दिनी गाउँपालिका–१ स्थित शङ्कर माध्यमिक विद्यालयमा एक करोड २५ लाखको लागतमा विद्यालय भवन निर्माण गरिएको परियोजना कार्यालयले जनाएको छ ।
दुवै विद्यालयका भवन अपाङ्गमैत्री दुई तल्लाको चार÷चार वटा कोठासहित पाँच÷पाँच वटा शौचालय तथा स्वच्छ खानेपानी ट्याङ्की र धारासहित निर्माण गरिएको प्लान नेपालका पूर्वाञ्चल क्षेत्रीय प्रमुख रविशङ्कर पण्डितले राससलाई जानकारी दिए । ती विद्यालयका भवन जीर्ण हुनुका साथै बालबालिकाको पठनपाठनमा समस्या भएकाले सुविधासम्पन्न भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
नवनिर्मित विद्यालय भवनको जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलको नेतृत्व, उपप्रमुख सङ्गीता ठाकुरको सहभागितासहित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिको टोलीले निरीक्षण गरेको छ । निरीक्षणपश्चात् प्लान इन्टरनेसनलको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक बसेको थियो ।
बैठकमा प्लानका पूर्वाञ्चल क्षेत्रीय प्रमुख पण्डित र आसमान नेपालका सञ्जय पासवानले यी दुई संस्थाले बालबालिका तथा लैङ्गिक समानता र भौतिक पूर्वाधारसम्बन्धी गरेको कार्य तथा प्रगति, त्यसको उपलब्धिबारे जानकारी दिएका थिए ।
बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले नेपाल सरकारको उद्देश्य तथा लक्ष्यलाई पूरा गर्न गैरसरकारी संस्थाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेर सहयोग गरिरहेका उल्लेख गर्दै यस्ता गैरसरकारी संस्थाहरूले थप प्रभावकारी कार्य गर्नुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समितिका प्रमुख मण्डलले गैरसरकारी संस्थाहरूले पालिकासँगको समन्वयमा शिक्षा, स्वास्थ्य, सरसफाइ तथा चेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने विचार व्यक्त गरे । प्लान इन्टरनेसनल नेपालले सन् १९७८ देखि नेपालमा सामाजिक तथा सचेतनाका क्षेत्रमा काम गर्दै आएको छ । हाल आफ्ना साझेदार संस्थामार्फत मधेस प्रदेशको चार जिल्लासहित १३ जिल्लामा कार्य गर्दै आएको छ ।
सो संस्थाले धनुषाको विदेह नगरपालिका, जनकनन्दिनी गाउँपालिका, सहिद नगरपालिका, कमला नगरपालिका र सवैला नगरपालिकामा लैङ्गिक समानता तथा भौतिक पूर्वाधार निर्माणसम्बन्धी विभिन्न कार्य गर्दै आएको छ । हाल नेपालमा सो संस्थाको लैङ्गिक समानतातर्फ प्रत्यक्ष रूपमा सात लाख र अप्रत्यक्ष रूपमा १५ लाख बालबालिका र किशोरकिशोरी एवं महिलालाई लाभान्वित गर्नेगरी योजनाबद्ध काम गरिरहेको क्षेत्रीय प्रमुख पण्डितले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन
- जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु
- वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
- झण्डै छ अंकले उक्लियो शेयर बजार
- जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण
- ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
- ट्रम्पले हाले बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा
- ईयूको सुँगुरको मासुलाई चीनमा पाँच वर्षसम्म ‘एन्टी डम्पिङ ड्युटी’
धेरैले पढेको
- सीआईबीका इन्सपेक्टरको सूचनाले बिचौलिया भट्ट र प्रधानमन्त्री कार्कीबीच कुरा मिल्यो
- खराब कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण, बैंकिङ क्षेत्रको व्यापारसँगै नाफा पनि बढ्ने
- पूर्वप्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो सक्कल फाइल
- स्वर्गीय पीएल सिंहको प्रथम वार्षिक पुण्य तिथिमा समर्पित
- कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा ३ करोड ६८ लाख आर्जनको स्रोत खुलेन
- भिजिट भिसा भ्रष्टाचारका नाइके भट्टराई २५ लाख धरौटीमा छुटे
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- प्रभु बैंकको व्यवस्थापनमा सीआईबीको बलजफ्ती
- डोल्मा इम्प्याक्टलाई कर छुट नीतिगत भ्रष्टाचारको नमूना
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु




















तपाईको प्रतिक्रिया