६ जना उपरथीको सरुवा, तीन पृतनाका पृतनापति फेरिए

नेपाली सेनाका ६ जना उपरथीको सरुवा गरिएको छ। नेपाली सेनाको सिफारिसमा मन्त्रिपरिषद् बैठकले तीन वटा पृतनाका पृतनापतिसहित ६ जना उपरथीको सरुवा गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै पश्चिम पृतना पोखरा, मध्य पृतना हेटौँडा र मध्यपश्चिम पृतना बुटवलका पृतनापतिहरू हेरफेर भएका छन्।
पश्चिम पृतना पोखराका पृतनापति उपरथी मधुकरसिंह कार्कीलाई सैनिक मुख्यालय जंगी अड्डामा सरुवा गरिएको छ। तीन दशकभन्दा बढी समय नेपाली सेनामा सेवा गरेका कार्कीले यसअघि १६ नम्बर र १८ नम्बर बाहिनीको कमाण्ड गरेका थिए। साथै उनले प्रधानसेनापतिको सचिवालय र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा समेत काम गरेका छन्। यसअघिका पृतनापति सन्तोष बल्लव पौडेल सरुवा भएपछि कार्कीले पश्चिम पृतनाको जिम्मेवारी सम्हालेका थिए।
कार्कीको स्थानमा उपरथी भोलानाथ थापालाई पश्चिम पृतना पोखराको पृतनापति बनाइएको छ। थापा यसअघि निरीक्षणाधिकृत जंगी अड्डामा कार्यरत थिए। उनी गत भदौ ९ गते सहायक रथीबाट उपरथीमा बढुवा भएका थिए। बढुवासँगै निरीक्षणाधिकृतको जिम्मेवारी सम्हालेका थापाले तीन महिनामै पृतनाको कमाण्ड पाउने अवसर पाएका हुन्।
त्यस्तै, मध्य पृतना हेटौँडाका पृतनापति उपरथी हरेन्द्र पाठकलाई प्रबन्ध रथी विभाग जंगी अड्डामा सरुवा गरिएको छ। ३६ वर्षदेखि नेपाली सेनामा सेवा गरेका पाठकले सैनिक वार कलेजसहित विभिन्न युनिटको कमाण्ड गरेका छन्। उनले अनुसन्धान तथा विकास निर्देशनालय, नम्बर ४ बाहिनी, आपूर्ति तथा यातायात निर्देशनालय तथा साइबर सुरक्षा निर्देशनालयको निर्देशकको रूपमा पनि कार्य गरिसकेका छन्।
पाठकको सरुवासँगै मध्य पृतनाको जिम्मेवारी उपरथी विष्णुकुमार खड्कालाई दिइएको छ। खड्का यसअघि जंगी अड्डामा अतिरिक्त समूहमा कार्यरत थिए।
यस्तै, मध्यपश्चिम पृतना बुटवलका पृतनापति उपरथी प्रेमबहादुर पुनलाई पनि जंगी अड्डा सरुवा गरिएको छ। उनको स्थानमा उपरथी हिम्मतबहादुर विष्टलाई मध्यपश्चिम पृतनाको पृतनापति बनाएर खटाइएको छ। विष्ट यसअघि स्टाफ कलेज शिवपुरीमा कार्यरत थिए।
मध्य पृतना र मध्यपश्चिम पृतनाको जिम्मेवारी पाएका खड्का र विष्ट एकैसाथ उपरथीमा बढुवा भएका थिए। उनीहरूले २०८२ कात्तिक १६ गते उपरथीको दर्ज्यानी पाएका हुन्। सँगै बढुवा भएका उनीहरूले पृतनाको कमाण्ड गर्ने अवसर पनि एकैसाथ पाएकाछन्।
नेपाली सेनाका ८ वटा पृतनामध्ये बाँकी पाँच पृतनामा भने पृतनापति यथावत् छन्। सुदूरपश्चिम पृतनामा उपरथी किरण केसी, उत्तरपश्चिम पृतनामा उपरथी दिपेशजंग शाह, मध्यपूर्व पृतनामा उपरथी कृष्णबहादुर जिसी, पूर्वी पृतनामा उपरथी गौरवकुमार केसी तथा उपत्यका पृतनामा उपरथी रविन्द्र खत्री कार्यरत छन्।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ६ जना उपरथीको सरुवा, तीन पृतनाका पृतनापति फेरिए
- मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन
- जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु
- वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
- झण्डै छ अंकले उक्लियो शेयर बजार
- जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण
- ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
- ट्रम्पले हाले बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा
धेरैले पढेको
- सीआईबीका इन्सपेक्टरको सूचनाले बिचौलिया भट्ट र प्रधानमन्त्री कार्कीबीच कुरा मिल्यो
- खराब कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण, बैंकिङ क्षेत्रको व्यापारसँगै नाफा पनि बढ्ने
- पूर्वप्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो सक्कल फाइल
- स्वर्गीय पीएल सिंहको प्रथम वार्षिक पुण्य तिथिमा समर्पित
- कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा ३ करोड ६८ लाख आर्जनको स्रोत खुलेन
- भिजिट भिसा भ्रष्टाचारका नाइके भट्टराई २५ लाख धरौटीमा छुटे
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- प्रभु बैंकको व्यवस्थापनमा सीआईबीको बलजफ्ती
- डोल्मा इम्प्याक्टलाई कर छुट नीतिगत भ्रष्टाचारको नमूना
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु




















तपाईको प्रतिक्रिया