Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगहनामा रसायनको रूपमा प्रयोग हुने ५० केजी धातुसहित दुई जना पक्राउ

गहनामा रसायनको रूपमा प्रयोग हुने ५० केजी धातुसहित दुई जना पक्राउ


बटुकनाथ झा
जनकपुरधाम, भदौ २३
सुनचाँदीमा प्रयोग हुने रसायन धातुसहित प्रहरीले जनकपुरबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले जनकपुरधाम–५ सोनरपट्टीबाट महोत्तरी मटिहानी–७ बस्ने २० वर्षीय श्याम दास र सोही ठाउँका २२ वर्षीय मो.नुरारी लहेरीलाई सोमबार पक्राउ गरेको हो ।

भन्सार छली सुनचाँदीमा प्रयोग हुने रसायन धातु ओसारपोसार भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब निरीक्षक मकेन्द्र मिश्रको कमाण्डमा खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । दुईवटा साइकलमा सवार उनीहरूको साथबाट १० लाख ६२ हजार पाँच सय मूल्यबराबरको अन्दाजी ५० केजी रसायन धातु फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नियन्त्रणमा लिइएको रसायन धातु आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको डीएसपी मिश्रले जानकारी दिए। साथै पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले जनाए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया