Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअकूत सम्पत्ति कमाएको अभियोगमा १३ जनाविरुद्ध मुद्दा

अकूत सम्पत्ति कमाएको अभियोगमा १३ जनाविरुद्ध मुद्दा


काठमाडौं, भदौ २६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानुनी तवरले १६ करोड ७२ लाख ५६ हजार चार सय ९६ बराबरको सम्पत्ति कमाएको अभियोगमा संघीय आयोजना कार्यान्वयन एकाइ विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुग्तासहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार गुप्ताकोे वैध आय एक करोड ११ लाख ६९ हजार नौ सय ६२ मात्रै रहेको भए पनि १७ करोड ८४ लाख २६ हजार चार सय ५९ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने १६ करोड ७२ लाख ५६ हजार चार सय ९६ बराबरको रकमको स्रोत नखुलेको पाइएको छ ।

२०३८ पुस १२ गते ओभरसियर पदबाट सरकारी सेवा प्रवेश गरेका गुप्ताले २०७६ असार ५ गतेसम्म पदमा बहाल रहँदासम्म गैरकानुनी तवरले सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेकाले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगले गुप्ताका आफन्तहरु अन्जुकुमारी महतो, उदितनारायण प्रसाद रौनियार, चन्द्रेश्वर महतो, धिरजकुमार गुप्ता, प्रितीकुमारी गुप्ता, डा. रचनाप्रसाह साह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगीता साह रौनियार र सन्तोषकुमार गुप्ताको नाममा खाता खोली १० करोड ४४ लाख ४३ हजार सात सय ८३ बराबरको रकम लुकाइराखेको पाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया