Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज १३ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

आज १३ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक


काठमाडौं, भदौ २९
नेपाल राष्ट्र बैंकले आज सोमबार १३ अर्ब रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भदौ ३० गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुुल ट्रेजरीमध्ये २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको चार अर्ब, एक सय ८२ दिने अवधिको दुुई अर्ब र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँ रहेको छ । सोमध्ये २८ दिने अवधिको परिपक्व हुुने अवधि यही असोज २७ गते तोकिएको छ भने ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ मंसिर ३० गते तोकिएको छ ।

यसैगरी एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ चैत ३ गते तोकिएको छ भने तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७८ भदौ २९ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही भदौ २२ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको १२ अर्ब २६ करोड रुपैयाँ र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया