पर्यटकीय क्षेत्रमा एक खर्ब ३१ अर्ब कर्जा प्रवाह
सुरेश राउत
काठमाडौं, पुस १०
पर्यटकीय क्षेत्रमा बैंक तथा फाइनान्स कम्पनीहरुले कर्जा लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुुचार चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा २८ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २५ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीसहित ७५ वटा संस्थाहरुले पर्यटकीय क्षेत्रअन्तर्गत होटल तथा रेष्टुुरेन्ट क्षेत्रमा एक खर्ब ३१ अर्ब ९२ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
गत आवको सोही अवधिमा होटल तथा रेष्टुरेन्ट क्षेत्रमा भएको बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल कर्जा लगानी एक खर्ब दुुई अर्ब ५७ करोड ३४ लाख ४० हजार रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार चालू अवको पछिल्लो चार महिनामा बैंकिङ क्षेत्रको कुुल निक्षेप रकम ३४ खर्ब ४४ अर्ब ८३ करोड ६० लाख रुपैयाँ रहेको छ भने कुुल कर्जा रकम ३० खर्ब ५१ अर्ब ४४ करोड ६० लाख रुपैयाँ रहेको छ । सो अवधिमा वाणिज्य बैंकहरुले मात्र २९ खर्ब ७४ करोड ३४ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी २६ खर्ब ४३ अर्ब १२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
उक्त कर्जामा पर्यटकीय क्षेत्रमा प्रवाह भएको कुुल कर्जा रकम भने एक खर्ब १६ अर्ब ४६ करोड ६० लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरुले २५ खर्ब ६६ अर्ब ९७ करोड ८८ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरी २२ खर्ब ८० अर्ब सात करोड ७१ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा पर्यटकीय क्षेत्रमा प्रवाह गरेको कर्जा रकम ८८ अर्ब ५८ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुुसार विकास बैंकहरुले भने चालू आवको पछिल्लो चार महिनामा तीन खर्ब ९० अर्ब ४९ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गर तीन खर्ब ३६ अर्ब ९७ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सोमध्ये पर्यटकीय क्षेत्रमा मात्र प्रवाह गरेको कर्जा रकम १२ अर्ब ७१ करोड १० लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा विकास बैंकहरुले तीन खर्ब १९ अर्ब ५५ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरी दुुई खर्ब ३१ अर्ब १६ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा पर्यटकीय क्षेत्रमा प्रवाह गरेको कर्जा रकम ११ अर्ब ९७ करोड ७० लाख रुपैयाँ रहेको थियो ।
फाइनान्स कम्पनीहरुले भने चालू आवको पछिल्लो चार महिनामा पर्यटकीय क्षेत्रमा दुुई अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा फाइनान्सहरुको कुुल निक्षेप ७९ अर्ब रुपैयाँ रहेको छ भने कुुल कर्जा रकम ७१ अर्ब ३४ करोड ४० लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा फाइनान्सहरुले ६५ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरी ६० अर्ब आठ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिमा फाइनान्सहरुले होटल तथा रेष्टुरेन्ट क्षेत्रमा मात्र दुुई अर्ब एक करोड १६ लाख रुपैयाँको हाराहारीमा कर्जा प्रवाह गरेका थिए ।
बैंक तथा वित्तीय संस्थाहरुले पर्यटकीय क्षेत्रमा प्रवाह गरेको कर्जा (रकम १० लाखमा)
विवरण २०७६ कात्तिक मसान्त २०७५ कात्तिक मसान्त
कुल निक्षेप ३४४४८३६ २९५२५२८.२५
कुुल कर्जा ३०५१४४६ २६२१३२९.१८
होटल तथा रेष्टुरेन्ट क्षेत्रको कुुल कर्जा १३१९२७ १०२५७३.४४
चालू आवको चार महिनामा पर्यटकीय क्षेत्रमा प्रवाह भएको कर्जा (रकम दश लाखमा)
विवरण वाणिज्य बैंक विकास बैंक फाइनान्स कुुल
निक्षेप २९७४३४३ ३९०४९२ ७९००१ ३४४४८३६
कर्जा २६४३१२९ ३३६९७३ ७१३४४ ३०५१४४६
पर्यटकीय क्षेत्र११६४६६ १२७११ २७५० १३१९२७
(स्रोत ः नेपाल राष्ट्र बैंक)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
- श्रीमतीको हत्या अभियोगमा पक्राउ
- बसले ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय युवाको मृत्यु
- उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा छानबिन गर्न माग
- वीर अस्पातलको निर्देशकमा डा. श्रवण कुमार थापा
- नागरिक उड्डयन प्राधिकरणद्वारा ५ सदस्यीय कमिटी गठन
- अपाङ्गता भएका व्यक्तिले सम्मानीत जीवन बाँच्न पाउनु पर्छ : मन्त्री ज्वाला
धेरैले पढेको
- पत्रपत्रिका बन्द गराउन प्रधानमन्त्री प्रचण्डको निर्देशन !
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया