Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएकैदिन एक हजार चार सय ५९ सङ्क्रमित थपिए

एकैदिन एक हजार चार सय ५९ सङ्क्रमित थपिए


काठमाडौं, भदौ ३१
मंगलबार देशभर अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । सरदर अघिल्ला दिनहरुजस्तै एकै संख्यामा परीक्षण गर्दा धेरैमा कोरोना देखिएपछि नेपालमा कोरोनाको जोखिम तीव्र रुपमा बढ्दै गएको देखिएको छ । मंगलबार एक हजार १३ पुरुष र चार सय ४६ महिला गरी एक हजार चार सय ५९ कोरोना सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मंगलबार सबैभन्दा बढी काठमाडौंमा पाँच सय ५५ जना कोरोना सङ्क्रमित फेला परेका छन् ।

दश हजार तीन सय ७५ नमूना परीक्षण गर्दा सिरहामा एक सय ६२, मोरङमा एक सय ११, मकवानपुरमा ८७, भक्तपुरमा ८६, रुपन्देहीमा ५१, ललितपुरमा ३५, बाँकेमा २७, दाङ र रौतहटमा २६/२६, सप्तरीमा २४, सुर्खेतमा २३, नवलपरासीपूर्वमा २१, सुनसरीमा १७, पाल्पामा १६, स्याङ्जामा १४, कैलाली र डोटीमा ११/११, तनहुँ र महोत्तरीमा नौ/नौ तथा बैतडी, कञ्चनपुर र काभ्रेपलाञ्चोकमा आठ/आठ सङ्क्रमित थपिएका छन् ।

यस्तै कास्कीमा सात, धनुषा र झापामा छ/छ, गोरखा र दोलखामा पाँच/पाँच, लमजुङ, धादिङ र सर्लाहीमा चार/चार, दार्चुला, नवलपरासी, अर्घाखाँची, गुल्मी र बारामा तीन/तीन, बझाङ, दैलेख, सल्यान, रामेछाप, सिन्धुपाल्चोक र नुवाकोटमा दुई/दुई, बर्दिया, मनाङ, पर्सा, मोरङ, खोटाङ, ताप्लेजुङ, पाँचथर, भोजपुर र सङ्खुवासभामा एक/एक जना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५६ हजार सात सय ८८ पुगेको छ । १५ हजार सात सय ७९ सक्रिय सङ्क्रमितमध्ये सात हजार छ सय ४० होम आइसोलेसन र आठ हजार एक सय ३९ संस्थागत आइसोलेसनमा छन् । यस्तै सात हजार दुई सय ५० क्वारेन्टाइनमा रहेका छन् ।

मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, चितवन, मकवानपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित छन् भने सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् । पछिल्लो २४ घण्टामा एक हजार ६२ जना कोरोनामुक्त भएका छन् । यससँगै कोरोना निको हुनेको सङ्ख्या ४० हजार छ सय ३८ पुगेको छ । कोरोना निको हुनेको प्रतिशत ७१.५ छ ।

प्रदेश १ मा पाँच, प्रदेश २ मा नौ, वाग्मती प्रदेशमा एक सय २३, गण्डकी छ, प्रदेश ५ मा २२ र कर्णाली प्रदेशमा नौ सङ्क्रमितको आईसीयूमा उपचार भइरहेको छ । यस्तै प्रदेश १ मा एक, वाग्मती प्रदेशमा २५, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा एक/एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा चार महिला र सात पुरुष गरी ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनाबाट बाराका ५५ वर्षीया महिला र ५५ वर्षीय पुरुषको ज्यान गएको छ ।

यस्तै सर्लाहीका ६४ वर्षीय पुरुष, काठमाडौँका ८६ वर्षीया महिला तथा ३४ वर्षीय, ९६ वर्षीय र ६६ वर्षीय पुरुष, मकवानपुरका ६१ वर्षीय पुरुष, रुपन्देहीको ६४ वर्षीया महिला र कपिलवस्तुको ५८ वर्षीय पुरुषको कोरोनाका कारण निधन भएको छ । यससँगै कोरोनाबाट निधन हुनेको सङ्ख्या तीन सय ७१ पुगेको छ । कुल सङ्क्रमितको ०.६५ प्रतिशतको कोरोनाका कारण ज्यान गएको छ । विश्वभर कोरोना भाइरसबाट दुई करोड ९४ लाख ५० हजार एक सय ९३ जना प्रभावित भएका छन् । कोरोनाबाट नौ लाख ३२ हजार आठ सय ११ जनाले ज्यान गुमाएका छन् भने दुई करोड १२ लाख ८१ हजार ८५ जना निको भएका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया