Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअनलाइन वित्तीय सेवामार्फत विदेशी मुुद्रा रकमान्तर गर्न सकिने

अनलाइन वित्तीय सेवामार्फत विदेशी मुुद्रा रकमान्तर गर्न सकिने


काठमाडौं ।
इ–कमर्सलगायतका कारोबारबापत अनलाइन वित्तीय सेवामार्फत विदेशबाट नेपालमा विदेशी मुुद्राको रकमान्तर गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार अनुमतिप्राप्त बैंकहरु, अनुुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी प्रदायकहरु एवं सरोकारवालाहरु सबैको नाउँमा सूचना जारी गर्र्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको जानकारी दिएको हो । राष्ट्र बैैंकका अनुसार अनलाइन वित्तीय सेवामार्फत विदेशबाट नेपालमा रकमान्तर गर्न सकिने राष्ट्र बैंकअन्तर्गतको भुक्तानी प्रणाली विभागले जानकारी दिएको छ ।

यो प्रयोजनका लागि विशेषतः सूचना प्रविधिसम्बद्ध दक्षता/विज्ञताका निकासी बिक्रीबापत प्राप्त हुुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिएबापत प्राप्त हुने रकम तथा खुद्रास्तरका अन्तर्राष्ट्रिय व्यावसायिक/व्यापारिक कारोबारबापत प्राप्त हुने रकमलगायतका रकमहरु मान्य हुुनेछन् । यसैगरी स्वदेशी बैंकका खातामा विदेशी मुद्रा प्राप्त भएपश्चात् भुक्तानी सेवा प्रदायक अर्थात् बैंक तथा वित्तीय संस्था समेतले सञ्चालन गरेका ग्राहकका वालेटलगायत भुुक्तानीका उपकरणमा तोकिएका सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

उपर्युुक्तअनुुसार विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकिएबमोजिमको शुल्क, रोयल्टीलगायत आवश्यक परी सोको भुुक्तानी विदेशमा पठाउनुपर्ने भएमा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी निर्देशनको पालना गर्नुपर्नेछ । सम्पत्ति शुुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ऐन एवं प्रचलित अन्य ऐन, कानुुन तथा निर्देशनको अनिवार्य पालना भएको हुुनुुपर्नेछ । यसप्रकार सम्पन्न कारोबारहरुको मासिक विवरण तोकिएको ढाँचामा महिना समाप्त भएका मितिले १५ दिनभित्र विभागमा पेस गर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

एक हजार दरका चार सय ६५ थान नोट बरामद : प्रहरीले नक्कली नोट बरामद गरेको छ । ललितपुर महानगरपालिका १४ ताल्छीखेलबाट एक हजार दरका चार सय ६५ थान नक्कली नोट बिहीबार बिहान बरामद गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सोही ठाउँस्थित डम्बर बहादुर रिजालको जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका दुुई जना अपरिचित पुरुषले पाँच तोला बराबरको सुनको हार किन्ने बहाना गरी नक्कली नोट दिई बिल समेत नलिई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उक्त नोटहरु बरामद गरेको हो । बरामद पाँच गड्डीमा चार सय ६५ थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा एक र एक थान सक्कली नोट राखेको फेला परेको छ । फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसैगरी मध्यपुर ठिमी नगरपालिका २ मनहरा दिव्येश्वरी प्लानिङबाट काठमाडौं तारकेश्वर नगरपालिका ७ फुटुङ बस्ने २८ वर्षीय पुरुषको पाँच लाख रुपैयाँ बुधबार दिउँसो ठगी भएको छ । ती पुरुषलाई सोमबारदेखि हामी चिनजानको साथी हौं भन्दै अपरिचितले फोन गरेर डलर साट्न बोलाई उक्त रकम लिई कपडाको टुक्रामा सेतो धर्के कागज पोको पारी दिएर तीन जना अपरिचित व्यक्तिहरु फरार भएको बताइएको छ । फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया