Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबहत्तर सालदेखि फरार हत्यारालाई प्रहरीले पक्राउ

बहत्तर सालदेखि फरार हत्यारालाई प्रहरीले पक्राउ


काठमाडौं ।
वि स २०७२ साल बैशाख १५ गते इटहरी नगरपालिका वडा नम्बर- ४ घरभइ ललितपुरको चापागाउँ बस्ने २६ वर्षिय आरती परियारलाई ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर- ५ लेले फैडोलको बनमा धारिलो हतियार प्रयोग गरेर हत्या गरी फरार थिए ।

फरार अभियुक्त सिराहाको विष्णुपुरा गाउँपालिका वडा नम्बर -४ लक्ष्मीपुर स्थायी घर भएका २४ वर्षिय रवि कुमार यादवलाई असोज ८ गते काठमाडौंको मैतिदेवीबाट प्रहरीले पक्राउ गरेको छ ।

निजलाई आवश्यक अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी वृत चापागाउँ ललितपुरमा पठाएको जानकारी प्रहरी जनसम्पर्क शाखाले दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया