विराटनगर, पुस ११
विराटनगर भन्सारको राजस्व संकलनमा कमी आएको छ । भन्सार कार्यालयले सरकारले दिएको लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेको हो । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा विराटनगर भन्सारले ६१ प्रतिशत मात्र राजस्व संकलन गरेको जनाएको छ । चालू आर्थिक वर्षको मंसिर महिनासम्ममा २१ अर्ब ७९ करोड ६८ लाख रुपैयाँ राजस्व संकलन गर्ने जिम्मेवारी पाएको विराटनगर भन्सार कार्यालयले जम्मा १३ अर्ब २४ करोड ३५ लाख मात्र राजस्व संकलन गरेको छ । सरकारले विराटनगर भन्सार कार्यालयलाई भन्सार राजस्व, मूल्यअभिवृद्धि कर र अन्तःशुल्क गरी तीन शीर्षकमा राजस्व असुल्ने दायित्व दिएको थियो । अहिले विराटनगर भन्सारलाई तीनवटै शीर्षकको राजस्व लक्ष्यअनुसार संकलन गर्न सकेको छैन ।
विराटनगर भन्सारले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा भन्सार महसुलतर्फ नौ अर्ब ३० करोड ८० लाख राजस्व असुल गर्ने लक्ष्य पाएको थियो । तर ५ अर्ब ३८ करोड ३८ लाख मात्र राजस्व संकलन गरेको छ । त्यसैगरी मूल्यअभिवृद्घि करतर्फ ११ अर्ब ३८ करोड ६८ लाख असुल्ने लक्ष्य पाएकोमा ६ अर्ब ९१ करोड ८५ लाख मात्र राजस्व असुली गरेको छ । अन्तःशुल्कतर्फ पनि १ अर्ब १० करोड १७ लाखको राजस्व असुली गर्ने जिम्मेवारी पाएको विराटनगर भन्सार कार्यालयले ९४ करोड १० लाख मात्र राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा विराटनगर भन्सार कार्यालयले सरकारले तोकेको लक्ष्यको तुलनामा १ सय २ प्रतिशतले प्रगति गरी राजस्व संकलन गरेको थियो । अर्थात् गत वर्षको पाँच महिनामा १६ अर्ब १६ करोड २१ लाखको लक्ष्य राखेकोमा भन्सार कार्यालयले १६ अर्ब ४० करोड ५२ लाख राजस्व संकलन गरी लक्ष्यभन्दा एक सय दुई प्रतिशत वृद्धि गरी राजस्व संकलन गरेको थियो ।
विराटनगर भन्सारमा पछिल्लो समय प्रमुखका रुपमा शिव भण्डारी रहेका छन् । उनको कार्यसम्पादनलाई लिएर पनि राजस्व संकलन घटेको आरोप लाग्ने गरेको छ । तर पछिल्लो समय मिरगञ्ज पुलमा भएको अवरोधले नेपाल भन्सार याडमा आइसकेका मालवाहक कन्टेनरहरु एक हप्तादेखि भन्सार याडमा नै थन्किएका छन् । यसले गर्दा पनि राजस्व संकलनमा अवरोध भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया