प्रादेशिक लगानी साझेदारी मञ्च स्थापनामा सहकार्य गरिने
काठमाडौं पुस ११
नेपाल उद्योग परिसंघ र समुन्नति (ईपीआई)ले निजी क्षेत्रका अन्य प्रतिनिधि संस्थाहरु समेतको समन्वयमा प्रादेशिक लगानी साझेदारी मञ्च (पीआईपीएफ) स्थापनामा सहकार्य गर्ने भएका छन् । परिसंघमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोर र समुन्नति अर्थात् ईपीआईका प्रमुख डा. शंकर शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले प्रदेशहरुले अघि सारेका अवसर र सम्भावनाहरुलाई पहिल्याउँदै समग्र लगानीको वातावरण बनाउन यो सहकार्य महत्वपूर्ण रहने बताए ।
परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले परिसंघले आयोजना गरेको तेस्रो पूर्वाधार सम्मेलनमा प्रदेश सरकारहरुले देखाएको उत्साहपूर्ण सहभागिता र प्रतिबद्धतालाई महत्व दिँदै त्यसलाई अघि बढाउने क्रममा परिसंघले समुन्नतिसँग संस्थागत सहकार्य अघि बढाएको उल्लेख गरे ।समुन्नतिका प्रमुख डा. शंकर शर्माले प्रदेश तहमा लगानी विस्तार गर्न सार्वजनिक निजी संवादलाई सघन बनाउन यो समझदारीले योगदान दिने बताए ।
समझादारीअनुसार, लगानी प्रवर्द्धनमा प्रदेश सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य गर्न समन्वय गर्ने छन् । यसै समझदारीअनुसार, प्रादेशिक लगानी प्रवर्द्धनका लागि उद्योगी तथा लगानीकर्ताका लागि प्रदेशस्तरमा सघन संवाद तथा सहज सूचना र जानकारी उपलब्ध गराउने, निजी क्षेत्रसँग प्रादेशिक विकास रणनीति र कार्यक्रमबारे नियमित संवाद गर्ने, लगानीकर्ता र प्रदेश सरकार बीच समन्वय गराउने र प्रादेशिक लगानी सम्मेलन सफल बनाउन सहजकर्ताको रुपमा भूमिका निभाउने सम्झौता भएको छ ।
त्यस्तै उद्योग, व्यापार, लगानी तथा विकास निर्माणसम्बन्धी कानुन निर्माणको चरणमा रहेकाले त्यस सम्बन्धमा निजी क्षेत्रले सघन छलफल गर्ने, संघ र प्रदेशको लगानी नीति तथा कार्यविधि हेर्ने, प्रदेश र स्थानीय सरकारको नीति निर्माण प्रक्रियामा निजी संघ संस्थाहरुको भूमिका बढाउने समझदारी भएको छ ।
यसअघि नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय र नेपाल उद्योग परिसंघले २०७६ साल भदौ २५ र २६ गते आयोजना गरेको तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ मा पूर्वाधारको आवश्यकता तथा विकासमा प्रदेशहरुले देखाएको अग्रसरता तथा अवसरहरुका बारेमा प्रदेशका मुख्यमन्त्रीहरुले गहन छलफल गरेका थिए । सो छलफलको निष्कर्षस्वरुप प्रदेशस्तरमा लगानी बढाउन प्रादेशिक लगानी साझेदारी मञ्च निर्माणको प्रतिबद्धता व्यक्त भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘लेडी ड्रयागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर
- वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर
- बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते
- शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा
- प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना
- उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
- गभर्नर र सीबीफिनबीच छलफल
- खल्ती र पीसीएसबीच समझदारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया