भन्सार, राजस्व र भ्याट प्रमुखलाई संवेदनशील हुन व्यवसायीको आग्रह
विराटनगर, पुस १३
राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग र भन्सार विभागको संयुक्त आयोजनामा राजस्व चुहावट नियन्त्रण सम्बन्धित समसामयिक विषयमा स्थानीय उद्योगीहरुका बीचमा बृहत् छलफल गरेको छ । तीनै निकायले आयोजना गरेको उक्त कार्यक्रमका आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व विभाग प्रत्यक्ष उद्योग/व्यापार क्षेत्रसँग सरोकार राख्ने निकाय भएकाले उद्योग/व्यवसाय क्षेत्रको समस्या समाधानमा यी तीन निकायको महत्वपूर्ण भुमिका हुने हुँदा संवेदनशील भएर अगाडि बढ्न स्थानीय उद्योगी तथा व्यापारीले आग्रह गरेका छन् ।
उद्योगीहरुले तीन निकायको आपसी समन्वयले मात्र औद्योगिक क्षेत्रमा व्याप्त समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले तीनै क्षेत्रको उपस्थितिमा छलफल गरी ऐन, नीति नियम कार्यान्वयनमा देखिएका जटिलताहरुलाई सहज बनाउन तीनै निकायका प्रमुखहरु संवेदनशील हुनुपर्नेमा स्थानीय उद्योगी तथा व्यवसायीले जोड दिएका छन् ।
छलफल कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले उद्योग/व्यवसाय क्षेत्रका समस्या प्रस्तुत गर्दै उक्त क्षेत्रको निर्बाध सञ्चालनमा देखिएको कानुनी अस्पष्टतालाई स्पष्ट पार्दै सहज वातावरण तयार गर्नुपर्नेमा जोड दिएका थिए । उनले भन्सार, राजस्व क्षेत्रसँग सम्बन्धित कतिपय समस्याहरुलाई आपसी सम्वादका माध्यमबाट पनि समाधान गर्न सकिने भएकाले निजी क्षेत्र र राजस्व प्रशासनबीच निरन्तर सम्वाद छलफल र अन्तक्रिया हुनुपर्नेमा जोड दिए । उनले अहिलेसम्म पनि सरकारबाट यो पहल हुन नसक्नु अत्यन्त दुःखद भएको बताए ।
कार्यक्रममा आन्तरिक राजव विभागका महानिर्देशक विनोद बहादुर कुँवरले व्यवसायीले भोग्नुपरेको समस्या समाधानमा आन्तरिक राजस्व विभागले सदैव सहयोग पु-याउने बताए । उनले औद्योगिक क्षेत्रको उत्पादन वृद्धि भई व्यापारमा सन्तुलन ल्याउनका साथै मुलुकलाई समृद्धि बनाउने निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । मुलुकको समृद्धिमा सबै निजी क्षेत्र र सरकारको भूमिका फरक–फरक हुने भएकोले सबैले आफ्नो भमिका सक्रिय रुपमा निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । उनले निजी क्षेत्रको विकासका लागि नीतिमा देखिएका अप्ठ्याराहरुलाई क्रमशः सच्याएर लैजाने प्रतिबद्धता समेत व्यक्त गरे ।
सो अवसरमा राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले उद्योगी/व्यवसायीबाट प्राप्त सुझावलाई आगामी दिनमा कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले बदलिँदो नीति नियममा सुरुवाती चरणमा अप्ठ्याराहरु देखिएको भए पनि यसलाई क्रमशः सुधार गरिँदै लगिएको बताए । कार्यक्रममा सुनसरी मोरङ औद्योगिक करिडोरका व्यवसायीले भोग्दै आएका समस्याहरु प्रस्तुत गर्दै समाधानका लागि तीनै तहका विभागीय प्रमुखहरुलाई अनुरोध गरेका थिए ।
उद्योगी व्यवसायी र विभागीय प्रमुखबीचमा भएको छलफल कार्यक्रममा भन्सार विभागका उपमहानिर्देशक श्याम प्रसाद भण्डारीले आयातमुखी अर्थतन्त्रलाई प्रतिस्थापन मुखी बनाउँदै समृद्ध राष्ट्र बनाउन सरकारसँगै निजी क्षेत्र समेत बलियो हुनुपर्ने भएकाले निजी क्षेत्रको क्षमता अभिवृद्धि गर्दै सबल र सक्षम अर्थतन्त्र निर्माणमा उद्योग/व्यवसाय क्षेत्रको भूमिका महत्वपूर्ण हुने स्पष्ट पारे । उनले विराटनगरको आईसीपी छिट्टै सञ्चालनमा आउने जानकारी गराउँदै आईसीपी सञ्चालनपश्चात् व्यापार/व्यावसाय क्षेत्रका लागि सहजीकरण हुने विश्वास व्यक्त गरे । कार्यक्रममा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका पूर्वअध्यक्षहरुसहित पदाधिकारी तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया