उद्योग मन्त्रालयद्वारा पहिलो चौमासिकमा ४९ करोड खर्च
प्रवीण राउत
काठमाडौं, पुस १३
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहिलो चौमासिकमा १५ दशमलव १ प्रतशित अर्थात् ४९ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको जनाएको छ । मन्त्रालयका सह–सचिव रामचन्द्र ढकालले मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो चौमासिक अर्थात् साउनदेखि कात्तिकसम्ममा १५ दशमलव १ प्रतिशत अर्थात् ४९ करोड २९ लाख ५२ हजार रुपैयाँ खर्च गरेको बताए । उनले पहिलो चौमासिकमा उद्योग तथा वाणिज्यका लागि चालू र पुँजीगत शीर्षकमा सो रकम खर्च गरेको बताए ।
मन्त्रालयले कुल वार्षिक बजेटको पहिलो चौमासिकमा उद्योग र वाणिज्यका लागि २७ दशमलव १९ प्रतिशत अर्थात् तीन अर्ब १८ करोड ५२ लाख ८५ हजार विनियोजन गरेकोमध्ये सो रकम खर्च गरेको जनाएको छ । सह–सचिव ढकालले मन्त्रालयले प्रथम चौमासिकका लागि चालू शीर्षकमा एक अर्ब २५ करोड ६७ लाख सात हजार र पुँजीगत शीर्षकमा एक अर्ब ९२ करोड ८५ लाख ७८ हजार बजेट विनियोजन गरेको बताए ।
विनियोजित बजेटमध्ये पहिलो चौमासिकमा चालू शीर्षकमा २६ दशमलव ९ प्रतिशत अर्थात् ३३ करोड ७३ लाख ९५ हजार तथा पुँजीगत शीर्षकमा आठ दशमलव एक प्रतिशत अर्थात् १५ करोड ५५ लाख ५७ हजार रुपैयाँ खर्च भएको बताए । मन्त्रालयले सो समयमा उद्योगतर्फ ३२ वटा औद्योगिक ग्राम घोषणा तथा सात वटा स्थापनाको तयारी, बाँकेको नौवस्ता औद्योगिक क्षेत्रको जग्गामा रहेको बस्ती व्यवस्थापन, धौवादी फलाम खानी स्थापना, कम्पनीहरुका लागि डिजिटल सिग्नेचरसम्बन्धी कार्यवीधि स्वीकृतिलगायतको कामहरु गरेको जनाएको छ भने वाणिज्यतर्फ भारतसँग वाणिज्य सन्धि पुनरवलोकनका लागि वार्ता, भुटानसँग द्विपक्षीय व्यापार वार्ता, बंगलादेशसँग द्विपक्षीय वार्ता तथा चोभारमा सुख्खा बन्दरगाहको ३० प्रतिशत काम सम्पन्न विराटनगर एकीकृत जाँच चौकी निर्माण, निकासी गृह निर्माणलगायतको काम सम्पन्न भएको जनाएको छ ।
मन्त्रालयले सो समयमा उद्योगतर्फ चालू र पुँजीगत शीर्षकमा कुल रकममध्ये २५ दशमलव ४५ प्रतिशत रकम अर्थात् एक अर्ब ९२ करोड सात लाख ८८ हजार विनियोजन गरेको छ जसमध्ये चालू शीर्षकमा ९५ करोड ४३ लाख ६३ हजार र पुँजीगत शीर्षकमा ९६ करोड ६४ लाख २५ हजार विनियोजन गरेको हो । यता पहिलो चौमासिकमा वाणिज्यतर्फ ३० दशमलव ३५ प्रतिशत अर्थात् एक अर्ब २६ करोड ४४ लाख ९७ हजार बजेट विनियोजन गरेको छ । यसमध्ये चालूतर्फ ३० करोड २३ लाख ४४ हजार र पँुजीगततर्फ ९६ करोड २१ लाख ५३ हजार विनियोजन गरेको छ ।
मन्त्रालयलले चालू आवको लागि कुल रकममध्ये उद्योगका लागि ६४ प्रतिशत अर्थात् चालू शीर्षकमा तीन अर्ब ९८ करोड ९८ लाख पुँजीगत शीर्षकमा तीन अर्ब ५५ करोड ७८ लाख कुरी कुल सात अर्ब ५४ करोड ७६ लाख विनियोज गरेको छ भने वाणिज्यतर्फ भने चालू शीर्षकमा ३६ प्रतिशत अर्थात् एक अर्ब ११ करोड ४६ लाख पुँजीगततर्फ तीन करोड पाँच लाख गरी कुल चार अर्ब १६ करोड ५२ लाख विनियोजन गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एनसेल सेयर बिक्री प्रकरणको छिटो छानबिन गर
- एनआईसी बैंकद्वारा कर्जाको अधिकतम प्रिमियम दर तीन प्रतिशत कायम
- प्रधानमन्त्री र प्राधिकरणको बेइमानीमा फेरि कालोसूचीमै !
- सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
- श्रीमतीको हत्या अभियोगमा पक्राउ
- बसले ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय युवाको मृत्यु
- उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा छानबिन गर्न माग
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया