Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभेरी अस्पतालका लेखा अधिकृतसहित १५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दर्ता

भेरी अस्पतालका लेखा अधिकृतसहित १५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दर्ता


बाँके ।

भेरी अस्पताल नेपालगञ्जमा कार्यरत चार जना कर्मचारीसहित १५ जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको जनाएको छ । जसमा अस्पतालका कर्मचारीदेखि सामान खरिदका क्रममा कमिसन लिने र दिने फर्म तथा व्यक्ति हुँदै कतिपय पसलेसम्म परेको अख्तियारले बताएको छ । तर, अख्तियारले सबैको नाम भने सार्वजनिक गरेको छैन् ।

भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिसनबापतको रकम र चेक समेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले अस्पतालमा गत साउन ८ गते अस्पतालको स्टोर शाखाको कार्यालयमा छापा मारेको थियो ।

अस्पतालको स्टोर शाखा समेत जिम्मेवारी सम्हाल्दै आएका कम्प्युटर अपरेटर अरूणराज खनाललाई १६ लाख १३ हजार नौ सय ७५ रूपैयाँ अख्तियारले स्रोत नखुलेको नगद रकम निजकै कार्यकक्षमा राखेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अख्तियारले अनुसन्धानको सिलसिलामा भेरी अस्पताल, नेपालगञ्जका लेखा अधिकृत माधवप्रसाद आचार्य, कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल इन्द्रबहादुर खत्री र सहलेखापाल प्रेमबहादुर खत्री समेतको योजना र मिलेमतोमा भेरी अस्पताल, नेपालगञ्जमा आर्थिक वर्ष ०७६÷०७७ को लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट १९ लाख १३ हजार ७० बराबरको नगद र जिन्सी कमिसन लिएको पाइएको प्रमाणसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अभियुक्तहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१०० तथा दफा ६ बमोजिमको कसुर गरेको स(प्रमाण पुष्टि भएको हुँदा निज माधवप्रसाद आचार्य, अरूणराज खनाल, इन्द्रबहादुर खत्री र प्रेमबहादुर खत्रीलाई बिगो १९ लाख १३ हजार ७० रूपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० र दफा ३ को उपदफा १० को खण्ड (च) बमोजिम सजाय हुन र बरामद नगद १६ लाख १३ हजार नौ सय ७५ बिगो छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया