पाँच खर्ब ९२ अर्ब ७३ करोड रुपैयाँ बराबरको नोट चलनचल्तीमा
काठमाडौं ।
पाँच खर्ब ९२ अर्ब ७३ करोड ४० लाख रुपैयाँबराबरको नोट चलनचल्तीमा रहेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको भदौ ३१ गतेसम्म राष्ट्र बैंकमा कायम रहेको जम्मा दायित्व तथा पुँजी सार्वजनिक गर्दै उक्त अवधिमा झण्डै छ खर्ब रुपैयाँबराबरको नोट चलनचल्तीमा रहेको जानकारी दिएको हो ।
गत महिनामा भने पाँच खर्ब ९० अर्ब ३३ करोड ७५ लाख ४५ हजार रुपैयाँबराबरको नोट चलनचल्तीमा रहेको थियो । यसैगरी चालू आर्थिक वर्षको भदौ ३१ गतेसम्म नेपाल राष्ट्र बैंकको ढुकुुटीमा ७५ अर्ब ९६ करोड ८० लाख ७४ हजार आठ सय ९९ रुपैयाँ बराबरको सुनचाँदी रहेको छ । गत महिनामा यस्तो सुनचाँदी मौज्दात ६८ अर्ब ७९ करोड ३० लाख ७१ हजार पाँच सय आठ रुपैयाँ बराबरको रहेको थियो ।
राष्ट्र बैंकका अनुुसार चालू आवको भदौ मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुलाई दिएको ऋण भने एक अर्ब ७६ करोड ६९ लाख ८४ हजार एक सय ५३ रुपैयाँ पुुगेको छ । गत महिनामा यस्तो ऋण तीन अर्ब २२ करोड १४ लाख चार हजार दुई सय ३८ रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकद्वारा बालेटमार्फत राजस्व भुक्तानी गर्दा लाग्ने शुल्क निर्धारण : नेपाल राष्ट्र बैंकले वालेटमार्फत राजस्व भुक्तानी गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ । राष्ट्र बैंकले बिहीबार भुक्तानी सेवा प्रदायक कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७७ अनुुसार भुक्तानी तथा फस्र्योट ऐन २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी शुल्क निर्धारण गरेको हो ।
निर्देशनअनुसार नेपाल सरकार राजस्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमार्फत गरिने राजस्व भुक्तानीको लागि एक हजार रुपैयाँसम्मको रकममा प्रतिकारोबार रकम निःशुल्क गरिएको छ । सोपश्चात् एक हजार एक रुपैयाँदेखि तीन हजार रुपैयाँसम्म पाँच रुपैयाँ, तीन हजार एक रुपैयाँदेखि १० हजार रुपैयाँसम्म १० रुपैयाँ र १० हजार एक रुपैयाँदेखि माथिको लागि ३० रुपैयाँ शुल्क तोकिएको छ । तर वर्तमान समयमा कोभिड १९ को संक्रमण बढिरहेकाले २०७७ पुस मसान्तसम्म यी सबै सेवा निःशुल्क गर्नुुपर्ने राष्ट्र बैंकले परिपत्रमार्फत भनेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
- विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान
- नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
- दुर्घटना अपडेटः गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो
- एन्फाका उपाध्यक्ष दावा लामा लागू औषध कारोवार गरेको आरोपमा पक्राउ
- आठ ओभरमा सीमित खेलमा नेपालविरुद्ध ब्याटिङ गर्दै साउदी अरेबिया
- गाजाको शरणार्थी शिविरमा आक्रमण : सात बालबालिकासहित १३ को मृत्यु
- अर्थमन्त्री पुन र विश्व बैंकका दुई उपाध्यक्षबीच भेटवार्ता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया