Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारढकालद्वारा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

ढकालद्वारा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा


काठमाडौं, पुस १३
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । शुक्रबारदेखि सुरु भएको बागलुङ महोत्सवलाई सम्बोधन गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । महासंघको उपाध्यक्षका साथै एक जना उद्यमीका रुपमा देशका विभिन्न जिल्ला तथा नगरमा विभिन्न कार्यक्रमहरुमा सहभागी हुने क्रममा जिल्लाका उद्योग वाणिज्य संघहरु एवम् स्थानीय उद्यमी साथीहरुले आफूलाई महासंघको नेतृत्वमा आउन विशेष आग्रह गरेकोले गृहजिल्लाबाटै उम्मेदवारी घोषणा गरेको बताए ।

आफूले सानो व्यवसायबाट व्यावसायिक यात्रा सुरु गरेको बताउँदै उनले आगामी दिनमा साना तथा मझौला एवम् समग्र उद्योगी व्यवसायीको समस्या बुझेर काम गर्ने बताए । उनले नेपाल सरकारको सम्मृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न तथा सरकारले अघि सार्ने देश विकासका हरेक कार्यक्रममा सघाउन र सामाजिक न्यायसहितको तीव्र आर्थिक विकास र सुशासनसहितको जनउत्तरदायी राज्य व्यवस्थामा सघाउन निजी क्षेत्रको अहम् भूमिका रहने र यसका लागि आफूले पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया