Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारथपिए २६ सय ३८ संक्रमित

थपिए २६ सय ३८ संक्रमित


काठमाडौं ।
नेपालमा बुधबारसम्मको पछिल्लो २४ घण्टामा २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त समयमा गरिएको जम्मा १३ हजार ९ सय ४७ आरटी पीसीआर परीक्षणमा महिला ९ सय ४० र पुरुष १ हजार ६ सय ९८ जना थप संक्रमित फेला परेका हुन् ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार सरकारी ४१ र निजी २१ गरी कुल ६२ प्रयोगशालमा उक्त नमूना परीक्षण गरिएको थियो । नेपालमा बुधबारसम्म १२ लाख २१ हजार ३८ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । हालसम्म १ लाख १७ हजार ९ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार १ सय ७४ जना निको समेत भएका छन् । बुधबारसम्म ८० हजार ९ सय ५४ जना निको भएका हुन् भने निको हुने दर ६८.६ प्रतिशत रहेको गौतमले बताए । त्यस्तै १२ जनाको मृत्यु भएको छ । योसँगै कुल मृत्यु हुने संख्या ६ सय ७५ पुगेको छ ।

यसैबीच, नेपालमा संक्रमितमध्ये ७० प्रतिशत पुरुष रहेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये ८२ हजार १ सय ७४ जना पुरुष अर्थात् ७० प्रतिशत र ३५ हजार ८ सय २२ जना महिला अर्थात् ३० प्रतिशत रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय ८५, प्रदेश २ मा १ सय ६७, वाग्मती प्रदेशमा १ हजार ५ सय ९४, गण्डकीमा १ सय ७९, लुम्बिनीमा १ सय १३, कर्णालीमा २५ र सुदूरपश्चिम प्रदेशमा ७५ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा मात्रै गत २४ घण्टामा १ हजार ४ सय ३ जना नयाँ संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । काठमाडौं उपत्यकाअन्तर्गत काठमाडौं मात्रै १६ हजार ५ सय ८७ सक्रिय संक्रमित रहेका छन् भने १ सय ४७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै भक्तपुरमा १ हजार ३ सय ६० सक्रिय संक्रमित छन् भने ३१ जनाको मृत्यु भइसकेको छ । ललितपुरमा २ हजार ७ सय २९ सक्रिय संक्रमित रहेका छन् भने ४२ जनाको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया