Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थमन्त्रीमा विष्णु पौडेल पोखरेलको रक्षा खोसियो

अर्थमन्त्रीमा विष्णु पौडेल पोखरेलको रक्षा खोसियो


काठमाडौं ।
संघीय सरकारको रिक्त अर्थमन्त्री पदमा बुधबार नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले नियुक्ति पाएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद हेरफेर गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली आफैँले लिएका छन् भने उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ । रिक्त अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पार्वत गुरुङ, सहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीलानाथ श्रेष्ठ नियुक्त भएका छन् । पौडेल, कृष्णगोपाल र लीलानाथ वर्तमान सरकारमा नयाँ प्रवेशी मन्त्री हुन् । अन्य मन्त्री र उनीहरुको कार्यभार यथावतै छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा रिक्त मन्त्रालयमा पदपूर्तिसहित केही मन्त्रालयको नेतृत्वमा सामान्य हेरफेर गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । गत भदौ २० मा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि उक्त मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले नै हेर्दै आएका थिए । सांसद पद नरहेसँगै डा. खतिवडाको मन्त्रीपद जाने भएपछि भदौ १९ मा नै राजीनामा दिएर उनी अर्थ र सञ्चार मन्त्रालयबाट फोटो खिचाउँदै विदा भएका थिए ।

त्यसलगत्तै खतिवडालाई प्रधानमन्त्रीले विशेष आर्थिक सल्लाहकार नियुक्त गरी मन्त्रीसरहको सुविधा दिएका थिए । सोसँगै अर्थ मन्त्रालय ओली आफैँले राखेर भित्रभित्रै खतिवडाले नै चलाउने चालबाजीका रुपमा समेत हेरिएको थियो । तर पुनः असोज १५ मा मन्त्रिपरिषद्को बैठकले खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेको थियो । यसलाई अर्थमन्त्रीमा नयाँ नियुक्त गर्ने तयारीका रुपमा समेत हेरिँदै गर्दा पौडेल अर्थमन्त्री बनेका हुन् । उनी यसअघि पनि अर्थमन्त्री रहिसकेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया