Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारकै कारण सुक्खा बन्दरगाह निर्माण कार्य अलपत्र

सरकारकै कारण सुक्खा बन्दरगाह निर्माण कार्य अलपत्र


धन बहादुर जप्रेल
कञ्चनपुर ।
दुई तिहाइ सरकारको ढुलमुलले नितिको कारण सुक्खा बन्दरगाह निर्माण कार्य अलपत्र भएको नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले बताएका छन् । कार्यकर्ता भेटघाटमा माहाकाली नगरपालिकामा पुगेका लेखकले महाकाली नगरपालिकामा निर्माण हुने सुक्खा बन्दरगाह निर्माण कार्यमा बाधक वर्तमान सरकार नै रहेको आरोप लगाए ।

कांग्रेस सरकारको पालामा महाकाली नदीमा पक्की पुल निर्माणसँगै त्रिदेशीय नाका अर्थात् सुक्खा बन्दरगाहाको सुरुवात भएको भन्दै उनले नेकपाको सरकार आएपछि सुक्खा बन्दरगाहा तथा अन्य विकासको काम ठप्प भएको बताए । नेकपाका नेता महाकाली नगरपालिका आएर सुक्खा बन्दरगाहा कहिले कञ्चनभोजमा बनाउँछौँ भन्ने, कहिले चाँदनी बनाउछौँ भन्ने कुरा गरेर सुक्खा बन्दरगाहा नबनाउने प्रपञ्चमा रहेको उनको भनाइ थियो ।

सुक्खा बन्दरगाहा निर्माणमा जनतालाई सहमति गर भन्ने तर सरकारले केही नगर्ने काम भइरहेको उनले बताए । ‘वीरगञ्जपछि यो देशकै दोस्रो सुख्खा बन्दरगाह हुनेछ’, नेता लेखकले भने ‘दोधारा चाँदनीमा सुक्खा बन्दरगाहा अर्थात् त्रिदेशीय नाका बन्नुपर्छ, यो सुदूरपश्चिमको विकासका लागि मात्रै नभई देशकै समृद्धि र विकासका लागि हो ।’ सुक्खा बन्दरगाहा निर्माण माहाकाली नगरपालिकाको विकास र समृद्धि मात्रै नभई सुदूर पश्चिम तथा देशकै मुहार फेर्ने, समृद्धि र विकासको ढोका खोल्ने काम भएको उनले बताए ।

विश्व अर्थतन्त्रका बलिया खम्बाका रूपमा रहेका दुई विशाल छिमेकी मुलुक भारत र चीनसँग सडक सञ्जाल ‘कनेक्टीभिटी’ जोडेर यसलाई त्रिदेशीय नाकाको रूपमा स्थापना गर्ने कांग्रेसको दूरगामी योजना रहेको उनले बताए । साथै उनले कोरोना संक्रमणले उग्ररूप लिँदै गर्दा वर्तमान सरकार भने कुर्सीको खेलमा लिप्त रहेको बताए । महाकाली नगरपालिका वडा नं. ७ मा कार्यकर्ता भेटमा आइपुगेका नेता लेखकले विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेकालाई स्वागत तथा सम्मान समेत गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया