Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबढी भाडा लिनेविरुद्ध कडा कारबाही गर्दै ट्राफिक

बढी भाडा लिनेविरुद्ध कडा कारबाही गर्दै ट्राफिक


काठमाडौं ।
ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारीसाधनको अनुगमनलाई तीव्र पारेको छ । ट्राफिक महाशाखाले क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने भाडाका सवारी साधन, मिटरमा जान नमान्ने र यात्रु लिन इंकार गर्ने ट्याक्सीहरूको अनुगमन र कारबाहीमा तीव्रता दिएको हो ।

यात्रुको चाप बढी हुने रुटमा विशेष चेक प्वाइन्टहरू राखी सवारीसाधनको चेकजाँचमा कडाई गर्दै बढी भाडा लिने ४४ वटा बस तथा ६६ वटा ट्याक्सीलाई कारबाही गरेको महाशाले जनाएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले चाडपर्वलक्षित विशेष योजनालाई मध्यनजर गरी सादा पोसाकमा समेत ट्राफिक प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारबाही अभियान चलाएको जानकारी दिए । उनले यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका बसपार्क एवं मुख्य भिडभाड हुने चोकहरूमा चेकजाँच गरी स्वास्थ्य मापदण्ड पालना गरे/नगरेको र यात्रुसँग बढी भाडा लिने गरे/नगरेको अनुगमनलाई तीव्रता दिई थप कडा कारबाही गर्न थालेको बताए ।

उनले असोज महिनामा मात्रै सिट क्षमताभन्दा बढी यात्रु राख्ने, स्वास्थ्य मापदण्ड पालना नगर्ने १५ हजार चार सय ५१ वटा सवारी साधनलाई सम्झाई बुझाई गरी सुधार गर्ने प्रतिबद्धतापश्चात् छाडेको समेत जानकारी दिए । महाशाखाले यात्रुको सुरक्षामा ध्यान दिन, क्षमताभन्दा बढी यात्रु नराख्न र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न समेत सबै यातायात व्यवसायी एवं यात्रु वर्गमा अनुरोध समेत गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया