Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन हजार ७ सय ४९ जनामा कोरोना संक्रमण

तीन हजार ७ सय ४९ जनामा कोरोना संक्रमण


काठमाडौं ।
पछिल्लो २४ घण्टामा मुलुकभर थप तीन हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा तीन हजार ५ सय ६४ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयद्वारा जारी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ । बिहीबार १६ हजार ५ सय ९८ पीसीआर परीक्षण गरिएको छ ।

यसैगरी काठमाडौँमा एक हजार ६ सय ९३, भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ८ गरी काठमाडौँ उपत्यकामा बिहीबार एक हजार ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । मुलुकभर संस्थागत आइसोलेसनमा १२ हजार ३ सय ३९ जना र होम आइसोलेसनमा २४ हजार १९४ जना रहनुभएको मन्त्रालयले जनाएको छ । साथै मुलुकभर विभिन्न क्वारेन्टिनमा चार हजार ८२५ जना रहेका छन् । कोरोना संक्रमित मध्ये ६८ जनाको भेन्टिलेटरमा र ३ सय १४ जनाको आईसीयूमा उपचार भइरहेको उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया