Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना संक्रमण : राष्ट्र बैंकले यो वर्ष नयाँ नोट सटही नगर्ने

कोरोना संक्रमण : राष्ट्र बैंकले यो वर्ष नयाँ नोट सटही नगर्ने


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले यो वर्षको दशैँतिहारमा नयाँ नोट सटही नगर्ने भएको छ । विगतमा प्रत्येक वर्ष दशैं र तिहारमा नयाँ छपाइ गरेर सर्वसाधारणको लागि नयाँ नोट सटहीको सुविधा दिने गरेको राष्ट्र बैंकले यो वर्ष विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण देखाउँदै नयाँ नोट सटही नगर्ने भएको हो ।

‘अहिले विगत वर्षहरुजस्तो अवस्था छैन, समय परिस्थति नै फरक छ, सिंगो विश्व, सिंगो देश र सिंगो नागरिक नै महामारीको त्रासको अवस्थामा छन्, यो अवस्थामा चाडपर्वकै लागि भनेर नयाँ नोट बाँड्नु नबाँड्नुुले खासै अर्थ नराख्न सक्छ’, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुुणाकर भट्टले भने । नयाँ नोट छपाइ राष्ट्र बैंकको नियमित प्रक्रिया हो । राष्ट्र बैंकले आवश्यकताअनुसार नयाँ नोट छापेर बजारमा पठाउँछ तर अहिले चाडपर्वलाई नै लक्षित गरेर बजारमा नयाँ नोट नपठाउने प्रवक्ता भट्टले बताए ।

यो वर्ष बडादशैँको संघारमा आइपुुग्दा विश्वव्यापी महामारी कोभिड १९ को संक्रमण नेपालमा समेत तीव्रगतिमा बढ्दै गएको र नेपाल सरकारले त्यसको रोकथाम तथा नियन्त्रणको लागि तोकेका स्वास्थ्यसम्बन्धी मापदण्डहरुमा बैंकहरुमा बढी भीडभाड हुुन नदिने विषय समेत उल्लेख भएको र हाल नेपाल राष्ट्र बैंकसहितका अन्य बैंक तथा वित्तीय संस्थाहरुमा समेत संक्रमण फैलिएकोले नयाँ नोट सटही नगर्ने निर्णय गरेको उनले बताए । उनले भने, ‘नगद सटहीको क्रममा हुुने भीडभाडबाट संक्रमण फैलिनसक्ने खतरा समेतलाई ध्यानमा राखेर आम नेपालीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर नोट सहटी नगर्ने निर्णय गरेका हौँ ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया