कीर्तिपुर तीनथाना जोड्ने पुलको शिलान्यास
काठमाडौं, पुस १४
कीर्तिपुर तीनथाना जोड्ने पुलको शिलान्यास गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले शनिबार निर्माण स्थलमा इटा राखेर पुलको शिलान्यास गरेका हुन् । आगामी मंसिरमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो मोटरेबल पुलको २५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौढाइ रहेको छ । कीर्तिपुर तीनथाना सडकखण्डस्थित बल्खु खोलामा निर्माण प्रारम्भ गरिएको यो पुल ३ करोड, ४४ लाख, ७१ हजार लागतमा सम्पन्न हुने बताइएको छ । कीर्तिपुर तीनथाना हुदै चन्द्रागिरी जोड्ने यो बाटोलाई ऐतिहासिक मार्गको रूपमा लिइन्छ ।
चन्द्रागिरी दहचोक हुँदै पृथ्वीनारायण शाहले काठमाडौँ कब्जा गर्न आउँदा यही बाटो प्रयोग गरेका थिए । कार्यक्रममा मन्त्री नेम्बाङले पुर्खाले बनाएको ऐतिहासिक पुलको ठाउँमा पक्की पुल निर्माण सुरु गरेको बताए । सरकारले सानादेखि ठूलाठूला धेरै पुलहरूको निर्माण गर्न चाहेको भन्दै उनले चालू आर्थिक वर्षमा मात्रै तीन सयवटा पुल निर्माण हुने बताए । उनले काठमाडौँ उपत्याकासहित देशभरि योजनाबद्ध ढंगले विकास निर्माणको कार्यलाई अघि बढाएको बताए ।
सरकारको लक्ष्य भनेकै रेलमार्ग, सुरुङ मार्ग, पानीजहाजलगायत ठूलाठूला योजनाहरूलाई सफल बनाएर अविकसित मुलुकबाट विकासन्मुख मुलुकको रूपमा पु-याउने उनको भनाइ थियो । योजनाहरू अघि बढाउन कानुनी अफ्ठ्यराहरू संशोधन प्रक्रिया अघि बढेको जानकारी गराउँदै उनले विकास निर्माण सबैको साझा एजेण्डा भएको बताए । धुवाँ धुलोको मुख्य समस्या रहेको राजधानीका चावहिल–गौशला सडक खण्डको निर्माण ६ महिनाभित्र सम्पन्न हुने उल्लेख गर्दे काठमाडौसँग जोड्ने नुवाकोट नगरकोट, थानकोट हेटौंडा जानेबाटो पनि तीव्र ढंगले निर्माण कार्यलाई अघि बढाएको उनको भनाइ थियो ।
कलंकी–नागढुंगा सडकको अनुगमन :- भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले कलंकी–नागढूंगा सडक खण्डको अनुगमन गरेका छन् । मन्त्री भएलगतै उपत्यकाको सडकमा रहेका खाल्टाखुल्टी पुर्न विशेष चासो देखाएका नेम्वाङले नियमित विभिन्न सडकहरूको अनुगमन गर्दै आएका छन् । नागढुंगा सडक खण्डमा रहेका खाल्टाखुल्टीका कारण सवारी आवतजावतमा असहज हुनका साथै जाम हुने समस्यालाई मध्यनजर गर्दै शनिबार मन्त्री नेम्बाङ यस खण्डको स्थलगत निरीक्षण गरेका हुन् । अनुगमनमा काठमाडौँ क्षेत्र नं. ९ का सांसद कृष्णगोपाल श्रेष्ठ, प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियासमेत सहभागी भएका थिए ।
स्थलगत अनुगमनपछि मन्त्री नेम्वाङले काठमाडौँ सडक डिभिजन कार्यलयका इन्जिनियहरू र सडक विस्तार आयोजनाका प्रमूखलाई त्यस क्षेत्रमा रहेका खाल्टाखुल्टी तत्काल पुर्न निर्देनशन दिए । मन्त्री नेम्बाङको सक्रियतामा चावहिल–गौशला सडकखण्डबाहेक चक्रपथभित्रका अधिकांश खाल्टाखुल्टी पुर्ने काम सम्पन्न भएको छ । चावहिल–गौशला सडकखण्ड मर्मतभन्दा पनि पुरै निर्माण गर्नुपर्ने भएकाले त्यसका लागि पनि ठेक्का सम्झौता भइसकेका छन् । छ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया