Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेटल उद्योगले प्रयोग गर्ने कच्चापदार्थको भन्सार मूल्याङ्कन बढाउन उद्योग मन्त्रालय नै सक्रिय

मेटल उद्योगले प्रयोग गर्ने कच्चापदार्थको भन्सार मूल्याङ्कन बढाउन उद्योग मन्त्रालय नै सक्रिय


विराटनगर, पुस १५
मेटल उद्योगले प्रयोग गर्ने कच्चापदार्थको भन्सार मूल्याङ्कन बढाउन उद्योग मन्त्रालय नै सक्रिय भएको पाइएको छ । सुनसरी मोरङ औद्योगिक करिडोमा सञ्चालन भइरहेका करिब एक दर्जन मेटल उद्योगहरूले कच्चापदार्थका रूपमा प्रयोग गर्दै आएको टिन प्लेन सीटको भन्सार दरबन्दी बढाउनेतर्फ व्यापक चलखेल हुन थालेको छ । सरकारले तोकेअनुसारको भन्सार महसुल सङ्कलन गर्न नसकेका भन्सार कार्यालयको हवाला दिँदै उद्योग राज्यमन्त्री आफैँ भन्सार दरबन्दी हेरफेर गर्न सक्रिय भएका छन् ।

भारतबाट आयात हुँदै आएको टिनको प्लेन सीटमा भन्सार दरबन्दीअनुसार पाँच प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लाग्दै आएको छ । अहिले ती उद्योग निर्वाध सञ्चालनमा रहेको भए पनि केही उद्योगी र केही सीमित व्यवसायीको उक्सावटमा उद्योग राज्यमन्त्री मोतीलाल दुगढको महत्वपूर्ण भूमिका रहेको उद्योगी तथा व्यवसायीको दाबी छ । उद्योग राज्यमन्त्री दुगढ आफैं एक उद्योगी भएकोले मेटल उद्योगले कच्चापदार्थको रूपमा प्रयोग गर्दै आएको टिन प्लेन सीटको भन्सार दरबन्दी बढाउन लागि परेको सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीले आरोप लगाएका छन् ।

उद्योग राज्यमन्त्री मोतीलाल दुगढका नाममा एक दर्जन एद्योग र ट्रेडिङ फर्म दर्ता कायम रहेको भए पनि पछिल्लो समय उनले दुगढ स्पाइसेस एण्ड फुड प्रोडक्ट र होटल हेरिसन मात्र सञ्चालन गर्दै आएका छन् । बाँकी केही ट्रेडिङ फर्म बन्द गराइसकेका छन् भने केही उद्योग व्यवसाय दाजु भाईबीच भागबण्डा गरी सञ्चालनमा रहेको छन् ।

उद्योगीका अनुसार उद्योग विभागको निर्णयअनुसार मेटल उद्योगले पाँच प्रतिशतमा आयात गर्दै आएको टिन प्लेन सीटको भन्सार दरबन्दी किन नबढाउने भन्दै सम्बन्धित मेटल उद्योगहरूलाई एक महिनाभित्र उचित जवाफ दिन पत्राचार समेत गरेको छ । देशमा सञ्चालनमा रहेका घ्यु उद्योग र तेल उद्योगहरूले प्रयोग गर्ने टिनको प्लेन सीटबाट निर्माण हुने सामग्री बनाउँदै आएका त्यस्ता उद्योगहरू सुनसरी मोरङ औद्योगिक करिडोरमा मात्र करिब एक दर्जन रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया