Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल बैंकका पूर्वप्रबन्धक कोइराला पक्राउ

नेपाल बैंकका पूर्वप्रबन्धक कोइराला पक्राउ


सुरेश राउत
काठमाडौं, पुस १५
नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका पूर्वप्रबन्धक भूपराज कोइराला पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता बेल बहादुर पाण्डेका अनुुसार बैंकिङ कसुरको अभियोगमा कोइरालालाई पक्राउ गरिएको हो । नेपाल बैंक लिमिटेडको बैंकिङ प्रधान कार्यालय, मानवस्रोत व्यवस्थापन विभागका मुख्य प्रबन्धक दिपेन्द्रराज काफ्लेको जाहेरीपछि उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

कोइरालाले आफू नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखामा शाखा प्रबन्धक रहँदा बैंकलाई नभएको दायित्व सृजना गराई अनुचित लाभ लिएको बैंकिङ कसुर मुद्दाको अनुसन्धानको क्रममा उनी पक्राउ परेको प्रवक्ता पाण्डेले बताए । पक्राउ परेका कोइराला सोलुखुम्बु साबिक सल्यान गाविस वडा नं. ८ हाल नेचा सल्यान गाउँपालिका वडा नं. १ स्थायी घर भई भक्तपुर जिल्ला साविक दधिकोट गा.वि.स. वडा नं. ६ हाल सूर्यविनायक नगरपालिका वडा नं. ४ बस्दै आएका थिए ।

प्रवक्ता पाण्डेका अनुसार ४७ वर्षीय कोइरालालाई यही पुस ११ गते पक्राउ गरेकोमा उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको छ । बैंकमा कार्यरत रहँदा पनि कोइराला बदनियतपूर्ण कार्य गरेकै आधारमा पटक–पटक निलम्बनमा परेका थिए । ‘त्यसपछि उनीविरुद्ध मुुद्दा दर्ता भएपछि उनी फरार भएका थिए’, प्रवक्ता पाण्डेले भने । नेपाल बैंककै जाहेरीका आधारमा पक्राउ परेका पाण्डेमाथि प्रारम्भिक अनुसन्धान हुुँदा हालसम्म ५० लाख रुपैयाँ अनियमितता गरेको भेटिएको छ । तर अनुसन्धान गर्दै जाँदा यो रकम अझै बढ्न सक्ने उनले बताए ।

यसैबीच प्रवक्ता पाण्डेले संरक्षित वन्यजन्तुका विभिन्न आखेटोपहारहरु कारोबार गरेको आधारमा विभिन्न मितिमा १३ जना व्यक्तिहरु समेत पक्राउ गरेको जानकारी दिए । वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले संरक्षित वन्यजन्तुहरुको आखेटोपहारहरु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा यही पुुस ६ गते का.म.न.पा. वडा नं. ५ भाटभटेनी मन्दिर अगाडिबाट अवैध रुपमा ओसारपसार गरी ल्याई खरिदबिक्री गर्न लागेको अवस्थामा संरक्षित वन्यजन्तु सालकको छालासहितको दुुई थान खपटासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा महोत्तरी बर्दिबासका सिंह बहादुर मोक्तान, मकवानपुर बकैया गाँउपालिकाका काल बहादुर जिम्बा, धादिङ खनियाबाका सुके तामाङ र धादिङ त्रिपुरासुन्दरी नगरपालिकाका उमेश अधिकारी रहेको प्रवक्ता पाण्डेले बताए ।

यसैगरी यही पुुस ८ गते पनि का.म.न.पा. वडा नं. ४ सुकेधाराबाट संरक्षित वन्यजन्तु भालुको पित्त एक थानसहित पाँच जना व्यक्तिहरु पक्राउ परेका छन् । प्रवक्ता पाण्डेका अनुसार पक्राउ पर्नेहरुमा धादिङ सिद्धलेकका ईश्वर थपलिया, दोलखा बैतेश्वरका ललित बहादुर बि.क., दोलखा बैतेश्वरका राज कुमार दाहाल, दोलखा बैतेश्वरका यम खाती र बैतडी दोगडाकेदारका हरिश भट्ट रहेका छन् । यसका अतिरिक्त यही पुुस १० गते पनि काठमाडौंको टोखा नगरपालिका वडा नं. ३ ग्राण्डी एरियाबाट संरक्षित वन्यजन्तु चितुवाको छाला थान दुुई थानसहित नुवाकोट विदुर नगरपालिकाका सरोज ओझा, काठमाडौं तारकेश्वरका अखिल लामा भन्ने सुरेन्द्र तामाङ, कैलाली लम्कीचुहाका कृष्ण क्षेत्री भन्ने कृष्ण साउद क्षेत्री र सिन्धुली तीनपाटनका कर्ण बहादुर सार्की पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरुउपर निकुुञ्ज तथा वन्यजन्तुु संरक्षण ऐन २०२९ विरुद्धको अपराधअन्तर्गत कारबाहीको लागि अनुुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया