Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसाढे १३ हजार सक्रिय संक्रमित

साढे १३ हजार सक्रिय संक्रमित


काठमाडौं ।
आइतबारसम्म देशैभरि कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ५ सय ८२ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा आइतबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९५ नमूना परीक्षण गर्दा थप एक हजार ९६ जनामा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएको जानकारी दिए ।

काठमाडौँ उपत्यकाभित्र भक्तपुरमा ६९, ललितपुरमा ७४ र काठमाडौँमा ३ सय ५१ गरी जम्मा ४ सय ८४ सङ्क्रमित थपिएका छन् । गत २४ घण्टामा एक हजार ७ सय ५२ जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख २५ हजार ८ सय ५ पुगेको छ । यसमध्ये प्रदेश १ बाट २६ हजार ४ सय ७७, प्रदेश नं २ बाट १९ हजार ८ सय ९२, वाग्मती प्रदेशबाट एक लाख २३ हजार ४ सय ७४, गण्डकी प्रदेश १३ हजार ६ सय १७, लुम्बिनी प्रदेश नं ४ हजार ७ सय ७९, कर्णाली प्रदेश छ हजार आठ र सुदूरपश्चिम प्रदेशबाट ११ हजार ५ सय ४८ जना छन् ।

हालसम्म कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या ९३.७ प्रतिशत छ । हाल ३ सय १३ जना कोभिडको बिरामी आईसीयूमा उपचाररत छन् । ५५ जना सङ्क्रमित भेन्टिलेटरमा छन् । यस्तै, विश्वमा हालसम्म छ करोड ६९ लाख १९ हजार २ सय १६ जना व्यक्तिमा कोभिड–१९ देखा परेको छ । निको हुनेको सङ्ख्या चार करोड ६२ लाख ९४ हजार ३ सय ६ रहेको छ । गत बिहीबारदेखि आइतबारसम्म २९ हजार ८ सय ८९ जनामा पीसीआर परीक्षण भएको छ । यसमध्ये चार हजार ४ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सात हजार ६ सय ४४ जना सङ्क्रमण मुक्त भई डिस्चार्ज भएका छन् । सोही अवधिमा सङ्क्रमणका कारण ५६ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया