Techie IT
×
गृहपृष्ठसमाचारहिमालयन बैंकलाई राष्ट्र बैंकको निर्देशन

हिमालयन बैंकलाई राष्ट्र बैंकको निर्देशन


काठमाडौं, पुस १७
नेपाल राष्ट्र बैंकले एक महिनाभित्र हिमालयन बैंकलाई सञ्चालक समितिको निर्वाचन गर्न निर्देशन दिएको थाहा भएको छ । बैंक सुपरिवेक्षण विभागले हिमालयन बैंकको सञ्चालक समितिको नाउँमा गत ७ गते उक्त निर्देशन दिएको हो । राष्ट्र बैंकले हिमालयन बैंकलाई काटेको चारबुुँदे पत्रमा ३० दिनभित्र सञ्चालक समितिको चुुनाव गर्न, पब्लिक सेयर ३० प्रतिशत पु-याउन, उपेन्द्र महतोसँगको कर्जा चैत मसान्तभित्र उठाउन र सञ्चालक समितिमा महिला प्रतिनिधित्व गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकको उक्त निर्देशनात्मक पत्र आएको दुुई साता पुुग्न लाग्दा पनि हिमालयन बैंकको बोर्ड बैठक बोलाइएको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया