Techie IT
×
गृहपृष्ठसमाचारथप एक हजार १४ जनामा कोरोना

थप एक हजार १४ जनामा कोरोना


काठमाडौं ।
परीक्षण घटे पनि कोरोना संक्रमितको संख्या भने बढ्ने क्रम जारी छ । सोमबार मुलुकभर एक हजार १४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । छ हजार दुई सय २० जनामा मात्र परीक्षण गर्दा उक्त संख्यामा कोरोना लागेको पुष्टि भएका हो । यसैगरी गत २४ घण्टामा एक हजार ६ सय २८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख २७ हजार ४ सय ३३ पुगेको छ । नेपालका हालसम्म दुई लाख ४१ हजार ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर १२ हजार ९ सय ४८ जना सक्रिय संक्रमित छन् । पछिल्लोे २४ घण्टामा कोरोनाका कारण २० जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ६ सय १४ पुगेको छ ।



तपाईको प्रतिक्रिया