Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारी वित्त स्थिति बचतमा

सरकारी वित्त स्थिति बचतमा

सरकारी खातामा दुई खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ नगद मौज्दात


काठमाडौं ।
सरकारी वित्त स्थिति बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी पछिल्लो तीन महिनाको प्रतिवेदनअनुसार यस अवधिमा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ३१ करोड ६८ लाख रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ४६अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको थियो ।

राष्ट्र बैंकका अनुसार बैंकिङ कारोबारमा आधारित अर्थात् सोझै भुक्तानी र भुक्तानी हुन बाँकी चेकबाहेकको संघीय सरकारको कुल खर्च भने यस अवधिमा एक खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च एक खर्ब ७२ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो । यसैगरी चालू आवको पछिल्लो तीन महिनामा बैंकिङ कारोबारमा आधारित राजस्व संकलनअन्तर्गत प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत एक खर्ब ७२ अर्ब ३६ करोड रुपैयाँ रहेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन दुुई खर्ब ११ अर्ब २८ करोड रुपैयाँ रहेको थियो ।

चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा दुुई खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । यो रकममा प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेतको नगद मौज्दात जोडिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसैगरी चालू आवको तीन महिनामा प्रदेश सरकारको स्रोत प्राप्ति २७ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी १८ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस अवधिमा प्रदेश सरकारहरूले राजस्व र अन्य स्रोतबाट आठ अर्ब ९५ करोड रुपैयाँ परिचालन गरेका छन् ।

एटीएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ : काठमाडौं महानगरपालिका ३२ मुनिभैरवस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त एटीएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्वटरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया