काँगेलडाँडा विमानस्थलमा उडान गर्नका लागि वायुसेवा निगमसँग सम्झौता

सोलुखुम्बु ।
सोलुखुम्बुमा रहेको काँगेलडाँडा विमानस्थलमा मंसिर २५ गतेदेखि हरेक हप्ताको मंगलबार नियमित उडान हुने भएको छ । प्रत्येक हप्ताको मंगलबार नियमित उडान गर्नेगरी थुलृुङदुधकोशी गाउँपालिका र नेपाल वायु सेवा निगमबीच सम्झौता भएको हो । गाउँपालिका अध्यक्ष असिम राई र नेपाल वायु सेवा निगमको तर्फबाट अख्तियारप्राप्त वाणिज्य विभागका निर्देशक टंकनिधि दाहालबीच १४ बुँदे सर्तमा हस्ताक्षर भएको हो । दुई पक्षबीच उडान सेवा सञ्चालनबारे हस्ताक्षर भएको गाउँपालिका प्रवक्ता भुपालसिं राईले जानकारी दिए ।
सोलुखुम्बुका संघीय सांसद हेमकुमार राईको उपस्थितिमा भएको सम्झौतामा काठमाडौँ–काँगेलडाँडा–काठमाडौँको लागि १६ सिटको ग्यारेण्टी गाउँपालिकाले गर्नुपर्नेछ । जसको लागि गाउँपालिकाले सम्झौताअनुसार दश लाख रूपैयाँ धरौटी रकम जम्मा गर्नुपर्ने छ । यात्रुको चापलाई हेरेर हप्ताको ६ दिन उडान गर्न सकिने गरी सम्झौता गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । विगत लामो समयदेखि गौचरणमा परिणत भएको उक्त विमानस्थल सञ्चालनको लागि गाउँपालिका अध्यक्ष असिम राई, संघीय सांसद हेमकुमार राईसहितका जनप्रतिनिधिले बारम्बार मन्त्रालय र विभागको ध्यानकर्षण गराएका थिए ।
यो विमानस्थलको निरीक्षण गर्दै पर्यटन मन्त्री योगेशकुमार भट्टराईले पनि मंसिर महिनाभित्रै उडान सुचारु गर्ने बताएका थिए । विमानस्थल बन्द हुँदा सोलुखुम्बुको तल्लो तथा खोटाङको माथिल्लो क्षेत्रका वृद्धवृद्धा र बिरामीहरूलाई समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन् । नागरिकले भोगिरहेका समस्यालाई मध्यनजर गर्दै गत कात्तिक २१ संस्कृति पर्यटन मन्त्री योेगेश भट्टराईसहितको टोलीले निरीक्षण गरी सञ्चालनको तयारी अगाडि बढाइएको थियो । सबैभन्दा बढी विमानस्थल रहेको सोलुखुम्बुमा योसहित नियमित उडान हुने विमानस्थलको संख्या तीन हुनेछ । जिल्लामा चारवटा विमानस्थल रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महालक्ष्मी विकास बैंकद्वारा पोशाक वितरण
- ज्योति विकास बैंकद्वारा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान
- सिटिजन्स बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसेसबीच छुट सम्झौता
- सिभिल लघुवित्तद्वारा सेयर मूल्य समायोजन
- जनउत्थान लघुवित्तले कमायो दुई करोड ७४ लाख
- बेइजिङको अनुसन्धानमा परेपछि ज्याक माले गुमाए चिनियाँ धनीको उपाधि
- बम राखिएको हल्लापछि ताजमहल बन्द
- बंगलादेशको निर्यातमा कोरोना महामारीको असर
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- इन्टिग्रिटी आइकन २०२० सार्वजनिक
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
तपाईको प्रतिक्रिया