काठमाडौं, पुस १७
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ । वृद्धि भएको मूल्य बुधबारको मध्यरातिदेखि लागू भएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टितेलमा पनि समान दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ । नयाँ मूल्यवृद्धिअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलका मूल्यवृद्धि भएको भन्दै भारतीय आयल कर्पोरेसनले नयाँ मूल्यसूची पठाएपछि निगमले पनि मूल्यवृद्धि गरेको हो । नेपालले अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थ नउठाई भारतबाट उठाउने गरेको छ । भारतले नै महंगो मूल्यमा खरिद गरेको कारण नेपालले मूल्यवृद्धि गर्नुपरेको हो ।
निगमले स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार मूल्यवृद्धि गरेको जनाएको छ । उक्त प्रणाली भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि हुने र घट्दा नेपालमा पनि घट्ने हो । तर, अन्तर्राष्ट्रिय बजारमा धेरै मूल्य घट्दा नेपालमा भने सामान्य तरिकाले मात्र मूल्यवृद्धि घट्ने गरेको आम उपभोक्ताको गुनासो रहेको छ । नेपालमा सवारीसाधन अधिक सञ्चालन हुने गरेको कारण पेट्रोलियम पदार्थको खपत बढ्ने गरेको छ । अहिले हिउँदे सिजन भएको कारण पनि धूले सडक पार गर्दै हजारौं सवारीसाधन गुड्ने गरेका छन् । यसले पनि नेपालमा पेट्रोलियम पदार्थको खपत हिउँदमा बढ्ने गरेको छ ।
भारतभन्दा नेपालमा सस्तो :- निगमका अनुसार बुधबार भारतीय आयल कर्पोरेसनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिमको खरिद मूल्य केही बढेर आएको हो । हवाइ इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् रहेको जनाइएको छ । यसअघि इन्डियन आयल कर्पोरेसनले डिसेम्बर १६ मा पठाएको मूल्यअनुरुप निगमले पुस १ गते डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको थियो । मूल्य समायोजनपश्चात् नेपालतर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य भारतभन्दा
प्रतिलिटर १८ रुपैयाँ ६७ पैसा र डिजेलको खुद्रा बिक्री मूल्य १८ रुपैयाँ २७ पैसा सस्तो हुन गएको छ । मूल्य समायोजनपश्चात् निगमको डिपो र बिक्री विन्दुदेखि १५ किलोमिटर क्षेत्रभित्र पेट्रोलको खुद्रा बिक्री मूल्य काठमाडौँ (थानकोट), सुर्खेत र दिपायलमा रु १११ प्रतिलिटर, पोखरा, दाङमा ११० रुपैयाँ ५० पैसा र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा रु १०९ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम गरिएको छ ।
डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य काठमाडौँ (थानकोट), सुर्खेत र दिपायलमा १०० प्रतिलिटर, पोखरा, दाङमा ९९ रुपैयाँ ५० पैसा र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढी) मा ९८ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया