
काठमाडौं ।
थप एक हजार ३ सय ८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ४३ हजार ३ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म १७ लाख ९९ हजार ६ सय ८६ को पीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख २९ हजार ५४ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६ सय २१ सङ्क्रमित निको भएर घर फर्किएका हुन् । हाल देशभर १२ हजार ६ सय ८६ सक्रिय सङ्क्रमित छन् ।
काठमाडौं उपत्यकामा ५९४ थपिए : काठमाडौँ उत्यकामा थप ५ सय ९४ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमित हुनेमा ३ सय ३१ पुरुष र २ सय ६३ महिला छन् । योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या एक लाख १३ हजार ४ सय ९८ पुगेको छ । आज थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ४ सय १३, ललितपुरका १ सय १३ तथा भक्तपुरका ६९ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।
थप २३ को मृत्यु : नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक हजार ६ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
- मन्त्री नेम्वा·लाई थाहै नदिई सरुवाबढुवाको सूची !
- खुम्चियो सेयरबजार
- बैंकिङ क्षेत्रको आन्तरिक कारोबार घट्यो
- राष्ट्रिय वाणिज्य बैंक चितवनको छाप किर्ते गरी रकम अपचलन गर्ने परियार पक्राउ
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया