नेपालगञ्ज उवासंघ अध्यक्षका लागि ‘चुन्ना’को नेतृत्वमा समावेशी प्यानलको उम्मेदवारी घोषणा
जीएम यादव
बाँके, पुस १७
उद्योगी, व्यवसायीको छातासंगठन नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि समावेशी प्यानलले अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’को नेतृत्वमा बुधबार उम्मेदवार घोषणा गरेको छ । उक्त प्यानलको उपाध्यक्ष (वाणिज्य)तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवार रहेका छन् ।
समावेशी प्यानलको सदस्यमा टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, विजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहेका छन् । त्यस्तै वस्तुगततर्फ होटल व्यवसायी संघ बाँके नेपालगञ्जका अध्यक्ष भिमलाल कँडेल, र टेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष सिद्धान्तजङ्ग राणा ‘सिद्धु’ रहेका बताइएको छ । उम्मेदवारी घोषणापछि बोल्दै अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले लामो समयदेखि संघमा रहेर उद्योगी, व्यवसायीको हकहितमा लाग्दै आएका उद्योगी, व्यवसायीहरूलाई उम्मेदवार बनाएर निर्वाचनमा होमिएको बताउँदै निर्वाचनमा सबैलाई सहयोग गर्न आग्रह गरे ।
‘मलाई यहाँहरूले यसपटक संघको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिनुहुन्छ भन्ने विश्वास छ । मसँगै मेरा सम्पूर्ण उम्मेदवार साथीहरूलाई बराबर नजरले हेरिदिनुहुन अपील गर्छु ।’– अध्यक्ष पदका उम्मेदवार चुन्नाले व्यावसायिक हितका लागि सबै त्यागेर लाग्ने प्रतिबद्धता जनाएका छन् । आफूलाई नेतृत्वमा पु-याए निजी क्षेत्रबाट जिल्लाको विकासका लागि गर्न सक्ने योगदान गर्ने बताउँदै उद्योगी, व्यवसायीको हितका विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे । उनले भने,–‘यहाँको दुःख, सुःखको सारथी बन्नका लागि म मेरो व्यापार, व्यवसाय र घरका कामकाज छोड्न तयार छु । २४सै घण्टा यहाँहरूको सेवामा हाजिर हुन्छु ।’
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं समावेशी प्यानलका संरक्षक दामोदर आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपालञ्ज उद्योग वाणिज्य संघका पूर्वमहासचिव अशोक कर्माचार्य, समावेशी प्यानलका संयोजक ईश्वर पोखे्रल, अग्रज व्यवसायी कृष्णगोपाल बैश्य, भाष्कर काफ्ले व्यावसायिक हितमा निरन्तर खटिन सक्ने सामाथ्र्य राख्ने उम्मेदवार उठाएको बताउँदै सहयोग गर्न आग्रह गरे ।
प्रदेश सांसद एवं नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष याकुव अन्सारीले समेत घोषणा सभामा सहभागी हुँदै आफ्नो मन्तव्य व्यक्त गरेका थिए । सचिवालय व्यवस्थापन समितिका बसन्त लामिछानेका अनुसार उम्मेदवारी घोषणासँगै औपचारिकरूपमा समावेशी प्यानलका उम्मेदवार निर्वाचनमा होमिएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ
- अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता
- हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया