जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा

जनकपुरधाम ।
जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन मंगलबारदेखि सञ्चालनमा आएको छ । निर्माणकार्य सुरु भएको ८ वर्षपछि नयाँ टर्मिनल भवनको निर्माण सकिएको हो । नयाँ भवनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरे ।
वि.सं. २०६९ कात्तिकमा १८ करोडको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले टर्मिनल भवनको शिलान्यास गरेका थिए । डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माणका लागि पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच वि.सं. २०६९ असोज १५ मा सम्झौता भएको थियो ।
प्राविधिक समस्या, रकम अभावलगायतका कारण टर्मिनल भवन निर्माण कार्य पटक–पटक लम्बिँदै आएको थियो । ८ वर्षपछि कुल ४५ करोडको लागतमा नयाँ टर्मिनल भवनको निर्माणकार्य सम्पन्न भएको हो । नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २ सय ५० यात्रु बस्नसक्ने व्यवस्था मिलाइएको छ ।
जनकपुरधाम विमानस्थलबाट अहिले दैनिक तीनवटा निजी विमान कम्पनीले सेवा दिँदै आएको छ । बुद्ध एयरले दैनिक तीन, यति एयरले दैनिक दुई र श्री एयरलाइन्सले दैनिक एक पटक जनकपुरधाम–काठमाडौं उडान गर्दै आइरहेको छ । आधुनिक टर्मिनल भवनमा १ सय ५० मोटरसाइकल, ८० वटा कार तथा जीप पार्क गर्नसक्ने क्षमताको पार्किङ स्थल बनाइएको छ । त्यस्तै टर्मिनल भवनमा अलग्गै स्तनपान कक्ष र धूमपान कक्ष समेत बनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण
- ज्योति विकास बैंकद्वारा सामरी स्वास्थ्य चौकीलाई बेबी वार्मर सहयोग
- नेपाल बैंकद्वारा फोन–पेको क्यूआर स्टेन्ड वितरण
- सिटिजन्स बैंकका ग्राहकहरूलाई सुप्रिम क्याफे एन्ड लाउन्जमा विशेष छुट
- सिद्धार्थ बैंकको कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक
- टेम्पोमा मेगा बैंकको क्यूआर कोड सुविधा
- रिम्याक अटोमोबिलीका मेट, जसले विद्युतीय हाइपर कार बनाउँछु भन्दा मानिसहरु हाँस्थे
- सडक निर्माणमा मोदी सरकारले कीर्तिमान बनायो
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया