कागजात पूरा गर्नेलाई तीन दिनमै कोरोना बीमा भुक्तानी

काठमाडौं ।
कोराना बीमा गरेर दाबी भुक्तानी माग गर्नेहरूमध्ये हालसम्म आठ हजार एक सय ४५ वटाको भुक्तानी भएको छ । बीमा समितिका अनुसार कोरोना बीमा गर्नेहरूमध्ये कागजात पूरा भएको कुल दाबी संख्या १७ हजार दुई सय ३५ रहेकोमा पछिल्लो अवधिसम्ममा आठ हजारभन्दा बढीको दाबी भुक्तानी भएको हो ।
समितिका सूचना अधिकृत एवं डेपुुटी डाइरेक्टर निर्मल अधिकारीका अनुसार हालसम्म भेरिफिकेसनको लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या चार हजार एक सय ५२ रहेको छ । यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भेरिफिकेसन भएर आएको संख्या दुुई हजार चार सय ९३ रहेकोमा दाबी भुक्तानीको विवरण संख्या आठ हजार एक सय ४५ रहेको छ । सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी संख्या नौ हजार ९० रहेको छ भने कागजात नपुुगी पुन निर्जीवन बीमा कम्पनीहरूमा फिर्ता भएको संख्या एक हजार एक सय ३६ रहेको छ । बीमा कम्पनीहरूको आफ्नो कारण नभई कागजात पूरा नभएकै कारण भुक्तानी ढिलाइ भएको समितिकोा दाबी छ ।
कोरोना बीमाको भुक्तानी गर्ने केही प्रक्रियाहरू छन्, त्यो प्रक्रियाअनुसारको कागजात नपुुगेकै आधारमा भुक्तानी दिन ढिलाइ भन्दै अधिकारीले कागजात पूरा गरेको तीन कार्यदिनमा भुक्तानी दिन बीमा कम्पनीहरूलाई निर्देशन दिएको बताए । सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा कोरोना बीमामा ५० प्रतिशत अनुुदान दिने र राष्ट्रसेवक कर्मचारीहरूको हकमा निःशुल्क कोरोना बीमा गर्ने भन्ने व्यवस्था गरेको र व्यवस्थामा निर्जीवन बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनीबीच एक आपसमा बीमा पुल खडा गरी कोरोना बीमा मापदण्ड बनाई कोरोना बीमा जारी गरिएको भए पनि बीमाको दाबीमा आवश्यक कागजातहरू नपुगेका कारण भुक्तानीमा ढिलाइ भएको उनले बताए ।
बीमा लेख खरिद गरेका बीमितहरूले दाबी भुक्तानीका लागि कोरोना बीमा मापदण्ड २०७७ ले तोकेका सम्पूर्ण कागजातहरूसहित सम्बन्धित बीमा कम्पनीहरूको निवेदन दिनुुपर्ने र सम्बन्धित बीमा कम्पनीहरूले सबै कागजात पूरा भए÷नभएको एकीन गरी कागजात पूरा भएका फाइलहरू भुक्तानीका लागि बीमा पुुल व्यवस्थापक शिखर इन्स्योरेन्स कम्पनीमा पठाउनुुपर्नेमा केही फाइलहरू कागजात पूरा नभएकाले समितिले सबै निर्जीवन बीमा कम्पनीहरूमा दाबी भुक्तानीको सबै कागजात हेरी रुजु मात्र गरेर पठाउन निर्देशन समेत दिएको उनले बताए ।
कोरोना बीमा मापदण्डअनुसार कोरोना बीमाको दायित्व बीमा समिति र नेपाल सरकारको समेत हुने भएकाले यसको लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुुने हुँदा कोरोना बीमा मापदण्डअनुसार कतिपय स्पष्ट नभएका कोरोना परीक्षण रिपोर्ट नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भेरिफिकेसनको लागि पठाउनुपर्ने भएकाले पनि केही ढिलाइ हुुन गएको समितिका डेपुुटी डाइरेक्टर अधिकारीको भनाइ छ । बीमाको सर्वमान्य सिद्धान्तअनुसार एउटै दाबी विभिन्न बीमा कम्पनीहरूमा छुट्टाछुट्टै किसिमले भुक्तानी नगर्ने हुँदा कतिपय बीमा दाबीहरू दोहोरो पर्ने भएकाले पनि भेरिफिकेसन (प्रमाणीकरण) गर्न र दोहोरो भुक्तानी नियन्त्रण गर्न केही समय लाग्न गएको उनले बताए ।
‘कोरोना महामारीका कारण सबैभन्दा बढी गत असोज र कात्तिक महिनामा संक्रमण भएको र उक्त समयमा बीमा कम्पनीहरूमा कार्यरत कर्मचारी एवं बीमा समितिमा कार्यरत कर्मचारीहरूमा समेत संक्रमण देखिएकाले उक्त महिनामा दाबी भुक्तानी प्रक्रिया अवरुद्ध हुनपुगेको हो’, उनले भने । सूचना अधिकृत अधिकारीका अनुसार उक्त महिनाको दाबी भुक्तानीको लागि मंसिरमा सबैभन्दा बढी चाप पर्न गएको र यो चाप कम भएपछि नियमित तवरले भुक्तानी प्रक्रिया सुरु हुन्छ, केही समय धैर्य गर्न उनको आग्रह छ ।
ताजा अपडेट
- सरकारको तीन वर्ष र विकासको गति
- सरकार खोइ ?
- शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३औं वर्षमा प्रवेश
- नबिल बैंकद्वारा भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु
- बैंक अफ काठमाण्डूको अगुवाइमा अप्पर खुदी जलविद्युत् आयोजनामा कर्जा
- कतार एयरवेज यूईएफए युरोको आधिकारिक एयरलाइन प्रायोजक
- चरीकोट–जिरी सडक निर्माण तोकिएको समयभित्र नै सक्ने लक्ष्य
- चार लेनको पुलले जोडेपछि महाकाली पारि बढ्न थाल्यो आर्थिक क्रियाकलाप
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया