सानो पाइलाद्वारा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान

काठमाडौं ।
सानो पाइलाले आफ्नो चौधौँ वार्षिकोत्सवको अवसर पारेर वीरगञ्ज मुर्लीका ३० बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । सामुदायिक संस्था सानो पाइलाको १५औँ वर्ष प्रवेशको अवसरमा बिहीबार वीरगन्जमा आयोजित समारोहमा मुर्लीका विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको हो ।
पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले बालबालिकाहरूलाई छात्रवृत्ति हस्तान्तरण गरेका थिए । कार्यक्रममा चौरसियाले कोभिड १९ महामारीको समयमा तीनै तहका सरकार अलमलमा परिरहँदा सानो पाइलाले तदारुकताका साथ उदाहरणीय काम गरेको भन्दै प्रशंसा समेत गरे । कोभिडले निम्त्याएको असहज अवस्थामा अप्ठ्यारोमा परेकाहरूलाई भोजन खुवाउने, संक्रमितहरूलाई राख्न आइसोलेसनको प्रबन्ध गर्ने, स्वास्थ्य संस्थालाई मेडिकल सामग्री उपलब्ध गराउने र स्वास्थ्यसम्बन्धी परामर्श दिने सानो पाइलाको काम उदाहरणीय भएको उनले बताए ।
नेपाली कांग्रेस पर्साका सभापति एवम् पूर्वसभासद अजय द्विवेदीले कोभिड–१९ महामारीविरुद्धको लडाइँमा सानो पाइलाले उल्लेख्य काम गर्न सकेको भन्दै राष्ट्रिय रुपमा ख्याति कमाउँदै अन्तर्राष्ट्रिय समुदायको पनि विश्वास जित्न सफल भएको बताए । कार्यक्रममा पूर्वसांसद एवम् उद्योगी अनिल रुङ्टाले आफ्नो १४ वर्षको यात्रामा सानो पाइलाले समाजमा अभूतपूर्व प्रभाव जमाउन सफल भएको बताए । सानो पाइलाले सामाजिक, आर्थिक र राजनीतिक मुद्दामा समेत विचार र बहसका माध्यमबाट आफूलाई अब्बल साबित गरेको बताए ।
पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले आफूले सानो पाइलासँग धेरै लामो समय सहकार्य गर्न नपाएको भए पनि कोभिड १९ को समयमा सानो पाइलाले गरेको कामबाट आफू प्रभावित भएको बताइन् । सो अवसरमा सानो पाइलाका संस्थापक एवम् सीईओ कञ्चन झाले १४ वर्षको अवधिमा गरेका कामहरू र त्यसले पारेको प्रभावबारे जानकारी गराएका थिए । झाका अनुसार यो अवधिमा सानो पाइलाले सामाजिक काममा करिब २१ करोड रुपैयाँ खर्चिएको छ । कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोललाई एक सेट डेस्कटप कम्प्यूटर सहयोग उपलब्ध गराइएको थियो । वार्षिकोत्सव समारोह सानो पाइलाकी सचिव डा. शुषमा तिवारीको सभापतित्वमा भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- करोडौं राजस्व छलीमा सोझो माझीलाई फसाउने समूहका यादव पक्राउ
- ‘सहकारीमार्फत वन तथा वातावरण क्षेत्रमा युवालाई जोडौँ’
- अचानक बढ्यो सेयर बजार
- प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते
- सचेत हुँदै विदेश जाने युवा
- फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
- राजीनामा बाध्यता कि नैतिक मात्रै
- मल आपूर्ति तथा वितरकको जिम्मा साल्ट ट्रेडिङ्गलाई
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया