Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार५० किलो चरेससहित एक पक्राउ

५० किलो चरेससहित एक पक्राउ


धादिड. ।
धादिङ्ग जिल्लाको गल्छी गाउँपालिकाबाट एक जना व्यक्ति करिब ५० किलो लागूऔषध चरेससहित शनिबार साँझ पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलका अनुसार शनिबार साँझ करिब पौने ८ बजे गल्छी गाउँपालिका–८ को खयरघारीमा उक्त चरेस बिक्रीका लागि हिँडिरहेको अवस्थामा सोही गाउँका दिपक मगर पक्राउ परेका हुन् । सशस्त्र प्रहरीको विशेष इन्टेलिजेन्स ब्युरोले करिब ३५ वर्षका मगरलाई चरेससहित बा.२१प ८७६ नम्बरको मोटरसाइकल र एक थान मोबाइलसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । धादिङको राजमार्गदेखि दक्षिणको पहाडी क्षेत्र लागूऔषध कारोबारीको लागि ‘उर्वरभूमि’ मानिन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया