आधा दर्जन फाइनान्समा निष्क्रिय कर्जा उच्च
आईसीएफसी, गुह्येश्वरी र श्री इन्भेष्टमेन्टमा निष्क्रिय कर्जा कम

काठमाडौं ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा फाइनान्स कम्पनीहरूमा निष्क्रिय कर्जाको अनुपात पाँच प्रतिशतभन्दा तल हुुनुुपर्छ । निष्क्रिय कर्जाको अनुपात जति कम हुन्छ, त्यो संस्थाको वित्तीय अवस्थालाई त्यति नै स्वस्थ र सबल मानिन्छ । तर चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणको अध्ययन गर्दा फाइनान्स कम्पनीहरूमा निष्क्रिय कर्जाको दर उच्च देखिएको छ । सञ्चालनमा रहेका २१ वटा फाइनान्स कम्पनीहरूमध्ये आधा दर्जन फाइनान्सहरूको निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको न्यूनतम अनुपातभन्दा निकै उच्च रहेको छ ।
यस अवधिमा ललितपुर फाइनान्स, समृद्धि फाइनान्स, नेपाल फाइनान्स र बेष्ट फाइनान्समा निष्क्रिय कर्जा उच्च छ । यी फाइनान्स कम्पनीहरू विगतमा समस्याग्रस्त अवस्थामा रहेको र अहिले यी फाइनान्सहरू समस्याग्रस्तमुक्त संस्था घोषणा भई सुधारको चरणमा रहेकाले पनि निष्क्रिय कर्जा केही अधिक देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । उनका अनुसार यी फाइनान्सहरू अहिले वित्तीय रुपमा सबल बन्दै गएकाले आगामी समय यस्तो निष्क्रिय कर्जामा कमी आउनेछ । ‘यीबाहेकका अन्य फाइनान्स कम्पनीहरूमा भने निष्क्रिय कर्जाको अनुपात निर्धारित सीमाभित्र नै रहेको छ’, प्रवक्ता भट्टले भने ।
अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा बढी निष्क्रिय कर्जा ललितपुर फाइनान्समा रहेको छ । पछिल्लो समय प्राइम कमर्सियल बैंकसँग प्राप्तिमा जाने प्रक्रियामा रहेको ललितपुर फाइनान्समा ९५ दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने फाइनान्समा यस्तो कर्जाको अनुुपात ७४ दशमलव ५७ प्रतिशत रहेको थियोे । यसैगरी समृद्धि फाइनान्समा पनि ६३ दशमलव तीन प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा समृद्धिमा शतप्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
चालू आवको पहिलो त्रैमासिकमा नेपाल फाइनान्समा पनि ६० दशमलव २२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा यो फाइनान्समा यस्तो कर्जाको अनुपात १५ दशमलव ५३ प्रतिशत रहेको थियो । बेष्ट, गोर्खाज, जानकी र सेन्ट्रल फाइनान्समा भने निष्क्रिय कर्जाको अनुपात क्रमशः १४ दशमलव २६, चार दशमलव ७३, चार दशमलव ३७ र चार दशमलव ३७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः १५ दशमलव ५३, चार दशमलव ४२, तीन दशमलव ६० र दुई दशमलव दुुई रहेको थियो । रिलायन्स र मञ्जुुश्री फाइनान्समा भने चालू आवको पहिलो त्रैमासिकमा निष्क्रिय कर्जाको अनुपात क्रमशः तीन दशमलव ३१ र तीन दशमलव १६ प्रतिशत रहेको थियो । गत आवको सोही अवधिमा भने यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात तीन दशमलव ६० र तीन दशमलव ९६ प्रतिशत रहेको थियो ।
यीबाहेक प्रोग्रेसिभ फाइनान्स, युनाइटेड फाइनान्स र गुुडविल फाइनान्समा भने निष्क्रिय कर्जाको अनुपात क्रमशः दुई दशमलव ९७, दुई दशमलव २० र दुई दशमलव एक प्रतिशत रहेको थियो । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव ९६, एक दशमलव ५० र एक दशमलव २४ प्रतिशत रहेका थिए । चालू आवको पहिलो त्रैमासिकमा एक दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको पोखरा फाइनान्समा भने गत आवको सोही अवधिमा चार दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
श्री इन्भेष्टमेन्ट बैंकिङ एण्ड फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र आईसीएफसी फाइनान्समा भने निष्क्रिय कर्जाको अनुपात क्रमशः शून्य दशमलव ७४ शून्य दशमलव ७२ र शून्य दशमलव ५३ प्रतिशत रहेका छन् । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव २२, शून्य दशमलव ६० र शून्य दशमलव २८ प्रतिशत रहेको थियो ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया