Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाबाट थप १८ सहित १७ सय १६ जनाको मृत्यु

कोरोनाबाट थप १८ सहित १७ सय १६ जनाको मृत्यु


काठमाडौं ।
कोरोना सङ्क्रमणबाट सोमबार १८ जनाको निधन भएको छ । सोमबारसम्म नेपालमा सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या एक हजार ७ सय १६ जना पुगेको छ । नेपालमा सङ्क्रमितमध्ये ०.६८ प्रतिशतको निधन हुने गरेको छ । अहिलेसम्म प्रति १० लाखमा ५८.८ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ४ सय २३ जनामा गरिएको परीक्षणमा ८ सय २१ जनामा सङ्क्रमण देखिएको छ । सोमबार देखिएका सङ्क्रमितमध्ये ३ सय १७ जना महिला र ५ सय ४ जना पुरुष रहेका छन् । सोमबार थपिएकासँगै मुलुकभरि सङ्क्रमितको अवस्था दुई लाख ४९ हजार २ सय ४४ जना पुगेको छ । काठमाडौँ उपत्यकामा ३ सय ३३ जना सङ्क्रमित थपिएका छन् । तीमध्ये १ सय ४२ जना पुरुष र १ सय ९१ जना महिला रहेका छन् ।

सङ्क्रमितमध्ये २ सय ७३ जना सघन उपचार कक्ष र ५४ जना भेन्टिलेटरमा रहेका छन् । सङ्क्रमितमध्ये सोमबार ८ सय ४२ जना निको भई घर फर्किएका छन् । नेपालमा निको भई घर फर्किनेको दर ९४.९ प्रतिशत रहेको छ । नेपालमा निको हुने दर पनि बढेको छ । यसअघि यही मङ्सिर २६ गते निको हुने दर ९४.४ रहेको थियो । अहिलेसम्म निको हुनेको सङ्ख्या दुई लाख ३८ हजार ५७३ जना रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया