Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपूर्वप्रधानमन्त्री प्रचण्ड र महासंघका नवनिर्वाचित पदाधिकारीहरूबीच वार्ता

पूर्वप्रधानमन्त्री प्रचण्ड र महासंघका नवनिर्वाचित पदाधिकारीहरूबीच वार्ता


काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले औपचारिक रुपमा भेटवार्ता गरेका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू अन्जन श्रेष्ठ र रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सम्मिलित प्रतिनिधिमण्डलले आइतबार खुमलटारमा अध्यक्ष दाहाललाई भेटी कोभिड संकटको अवस्थामा मुलुकको अर्थतन्त्रलाई सकुशल माथि उठाउन निजी क्षेत्रको सुझावसहितको भिजन पेपर तयारी गरिरहेको जानकारी गराएको थियो ।

अध्यक्ष गोल्छाले आर्थिकदेखि सम्पूर्ण क्षेत्रकै लागि कोभिड अत्यन्त ठूलो चुनौती बनेर आएकाले यसबाट मुलुकलाई सकुशल माथि उठाउनु सबैको कर्तव्य भएको र निजी क्षेत्रको नेतृत्वदायी संस्था महासंघले यसका लागि विशेष गृहकार्य गरिरहेको बताए । निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनरूत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेको पनि बताए ।

सो अवसरमा महासंघका पदाधिकारीहरुले साना तथा मझौला उद्योग व्यवसायको पुनरूत्थानमा विशेष जोड दिनुपर्ने बताउँदै मौद्रिक नीतिमार्फत आएका राहतका सुविधाहरूको कार्यान्वयनको अनुभूति स्थानीयतहका उद्यमी व्यवसायीहरूले गर्न पाउनुपर्नेमा जोड दिएका थिए ।

भेटमा नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै उद्योग व्यवसायको विकास विस्तारमा सक्रियतापूर्वक लाग्न नयाँ टिम सफल हुने विश्वास व्यक्त गरे । निजी क्षेत्रको सर्वोच्च संस्था महासंघलाई आफूले सधैँ उच्च प्राथमिकता दिएको स्पष्ट पार्दै उनले मुलुकको अर्थतन्त्रको प्रमुख आधारकोरूपमा रहेका साना तथा मझौला उद्योग व्यवसायको पुनरुत्थानका लागि आफ्नो पनि विशेष जोड रहेको र महासंघको नयां नेतृत्व पनि यसमा नै केन्द्रित रहेको पाउँदा आफूलाई खुसी लागेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया