Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडेढ करोड बढीको चेक अनादर मुद्दामा फरार पोद्दार पक्राउ

डेढ करोड बढीको चेक अनादर मुद्दामा फरार पोद्दार पक्राउ


काठमाडौं ।
चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका ११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अनुसार पोद्दारलाई काठमाडौंको कलंकीबाट पक्राउ गरिएको हो । आफ्नो खातामा पर्याप्त निक्षेप छैन भन्ने जानी–जानी काठमाडौं महानगरपालिका १० बुद्धनगर बस्ने नानीबाबु खरेललाई काटी दिएको एक करोड ६३ लाख रुपैयाँको बैंक चेक भुक्तानी हुन नसकेकोले चेक अनादर कसुर गरेको ठहर गरी जिल्ला अदालत काठमाडौंको २०७३ भदौ १५ गतेको फैसलाले चेक अनादर मुद्दामा एक महिना कैद र एक करोड ६३ लाख बिगो भराउ तथा तीन हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका पोद्दारलाई काठमाडौं कलंकीमा लुकिछिपी बसेको अवस्थामा सीआईबी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका पोद्दारलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया