
सोलुखुम्बु ।
लामो समयदेखि बन्द रहेको सोलुखुम्बुको काँगेलडाँडा विमानस्थलमा गरिएको परीक्षण उडान सफल भएको छ । नेपाल वायुसेवा निगमको ९ एन–एबीयु विमानले मंगलबार बिहान ९ः०५ बजे परीक्षण उडान भरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जुन उडान सफल भएको पनि बताइएको छ । नेपाल वायु सेवा निगमका क्याप्टेन पेम्बा शेर्पाको नेतृत्वमा चालक दलका तीन सदस्यसहित १४ यात्रु लिएर उक्त विमान काँगेलडाँडा अवतरण गरेको विमानले सोही मात्रामा यात्रु काठमाडौँ समेत लगेको फाप्लु विमानस्थलका प्रमुख प्रकाश शर्माले जानकारी दिए । विगत छ वर्षदेखि विमानस्थल बन्द हुँदा त्यहाँ कार्यरत प्राधिकरणका कर्मचारी समेतलाई अन्यत्र काजमा खटाइएको थियो । परीक्षण उडानका लागि समेत फाप्लु विमानस्थलका कर्मतारी खटाएर गरिएको प्रमुख शर्माको भनाइ छ ।
नेपाल वायुसेवा निगम र थुलुङ दुधकोशी गाउँपालिकाबीच भएको सम्झौताअनुसार उडान सेवा सुरु भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए । सम्झौताअनुसार हरेक हप्ता मंगलबार काँगेल विमानस्थलमा उडान गर्नु पर्ने हुन्छ । उडान भर्न आवश्यक १६ सिटको ग्यारेण्टी गाउँपालिकाले गर्नुपर्ने र सोहीअनुसार आफूहरूले काम गरिरहेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । सम्झौताअनुसार गाउँपालिकाले १० लाख रूपैयाँ धरौटी रकम जम्मा गर्नुपर्दछ । यदि यात्रु संख्या कम भए निगमले सोही रकम कट्टा गरी लिने बताइएको छ ।
मौसमी विमानस्थल बन्द हुँदा सोलुखुम्बुको तल्लो र खोटाङका माथिल्लो क्षेत्रका नागरिकलाई समस्या हुँदै आएको स्थानीयवासीले गुनासो गर्दै आएका थिए । सोही विषयलाई मध्यनजर गर्दै स्थानीय, प्रदेश र संघीय सरकारको पहलमा पुनः उडान सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष राईको भनाइ छ । उडान नियमित हुँदा जिल्लाको तल्लो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आवागमनमा वृद्धि हुनका साथै स्थानीयवासीको आय स्रोतसमेत बढ्ने उनको विश्वास छ ।
उडान सेवा सुरु भएपछि यस क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् । विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा पहलकर्तालाई धन्यवाद दिँदै खुशी समेत व्यक्त गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कात्तिक २१ गते सो विमानस्थलको निरीक्षण समेत गरेका थिए । निरीक्षणका क्रममा मन्त्री भट्टराईले मंसिर तेस्रो हप्तादेखि उडान सेवा सुरु गर्ने आश्वासन दिएका थिए ।
ताजा अपडेट
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
- मन्त्री नेम्वा·लाई थाहै नदिई सरुवाबढुवाको सूची !
- खुम्चियो सेयरबजार
- बैंकिङ क्षेत्रको आन्तरिक कारोबार घट्यो
- राष्ट्रिय वाणिज्य बैंक चितवनको छाप किर्ते गरी रकम अपचलन गर्ने परियार पक्राउ
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया