
काठमाडौं ।
बिहीबारसम्म नेपालमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ४० हजार ३ सय ६३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार मात्रै ९ सय ४७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा छ हजार ५ सय ८८ जनाको परीक्षण गर्दा थप ७ सय ७६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमा ४ सय ६८ पुरुष र ३ सय ८ महिला छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ५ सय ८० छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण छ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १७ सय ४९ पुगेको छ ।
यस्तै, प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २ सय २३ जना सङ्क्रमित निको भएका छन् । निको हुनेमा होम आइसोलेसन र विभिन्न कोभिड अस्पतालमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २४ हजार २ सय ४६ पुगेको छ । यसैगरी प्रदेशमा उक्त अवधिमा ४ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा २४ महिला र २३ पुरुष गरी जम्मा ४७ जनामा कोरोना पोजेटिभ थपिएका छन् । थप हुनेमा मोरङमा १९ मध्ये विराटनगरमा १५, झापामा १५, सुनसरीमा ११, सङ्खुवासभा र प्रदेश बाहिर एक÷एक जना रहेको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार १८७ पुगेको छ ।
ताजा अपडेट
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
- मार्च १ देखि भारतमा दोस्रो चरणको खोप अभियान
- हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
- हरेक चारदेखि पाँच हप्तामा एप्पलले खरिद गर्छ कम्पनी
- पेट्रोलियम पदार्थको राजनीतीकरण एवं सुरक्षा
- समृद्धिका लागि युवाशक्तिको सही परिचालन
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया